रियाल, रिंगिट, दिर्हामको मूल्य बढ्यो

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 09, 2018 | 09:31:18 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार रियाल, रिंगिट र दिर्हामको मूल्य बढेको छ । 

शुक्रबारको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७१ पैसा र विक्रिदर २७ रुपैयाँ ८७ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५४ पैसा र विक्रिदर २८ रुपैयाँ ७१ रुपैयाँ छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३० पैसा र विक्रिदर २८ रुपैयाँ ४६ पैसा हुँदा मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ५९ पैसा र विक्रिदर २६ रुपैयाँ ७४ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७० पैसा र विक्रिदर ९ रुपैयाँ ७५ पैसा रहेको छ । एक कुवेती दिनारको खरिददर ३ सय ४६ रुपैयाँ ३२ पैसा छ भने विक्रिदर ३ सय ४८ रुपैयाँ ३२ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ७५ रुपैयाँ ६५ पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ २४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर आफैँ मूल्य तोक्न सक्नेछन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved