एनसेलले डाटाबाट कमायो ११ अर्ब , गत बर्षको कुल आम्दानी ५८ अर्ब ५४ लाख

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 09, 2018 | 11:13:59 AM मा प्रकाशित

laxmi  sunrise bank


एनसेलले सन् २०१७ मा ५८ अर्ब ५४ लाख रुपैयाँ आम्दानी गरेको छ । 

२०१७ जनवरी देखि डिसेम्बर सम्मको अवधिमा एनसेलले १५ लाख १६ हजार नयाँ ग्राहक थप गरी जम्मा ग्राहक संख्या १ करोड ६४ लाख पु¥याएको एनसेलको माउ कम्पनी आजियाटाले सार्वजनिक गरेको रिपोर्टमा जनाईएको छ ।  एनसेलमा ग्राहक संख्या बढेका कारण अन्तराष्ट्रिय कल सेवाबाट हुने आयमा भने कमी आएको छ । लामो दुरीको अन्तराष्ट्रिय कलबाट हुने एनसेलको आम्दानी १९.६ प्रतिशतले घटेको आजियाटाले बताएको छ । 

पछिल्लो समयमा विदेशबाट नेपाल फोन गर्न र नेपालबाट विदेशमा फोन गर्न इन्टरनेट सेवाका माध्यमबाट भाइबर, इमो, स्काइप लगायतको प्रयोग बढेका कारण टेलिकम कम्पनीहरुको अन्तराष्ट्रिय लामो दुरीको कलबाट हुने आयमा गिरावट आईरहेको छ । 

रिपोर्टका अनुसार कुल आम्दानीको १९ प्रतिशत आम्दानी डाटाबाट भएको छ । कुल ग्राहक संख्यामा ४४ प्रतिशतले डाटा सेवा लिएका छन् । सरकारी तथ्याङ् अनुसार मंसिर सम्ममा देशको मोवाइल जनघनत्व १३५ प्रतिशत नाघेको छ भने इन्टरनेट सेवाको जनघनत्व ६३.१७ प्रतिशत पुगेको छ ।

डिसेम्बर २०१७ सम्ममा एनसेलको ग्राहक संख्या १ करोड ६४ लाख पुगेको र त्यसमा ५२ प्रतिशतले स्मार्टफोन प्रयोग गर्ने गरेका छन् । 

सन् २०१६ को तुलनामा स्मार्टफोन प्रयोगकर्ताको संख्या १० प्रतिशतले बढेको र कम्पनीको कुल ग्राहक संख्या पनि गत एक वर्ष भन्दा १०.१९ प्रतिशतले बढेको उक्त रिपोर्टले उल्लेख गरेको छ । 

एनसेलले हाल सम्म काठमाण्डौ उपत्यका सहित देशका २१ शहरहरुमा फोरजी सेवा पु¥याएको छ । 

सरकारी नेपाल टेलिकमले हाल काठमाण्डौ उपत्यका र पोखरामा फोरजी सेवा दिदै आएको छ र १ वर्ष भित्रमा देशै भरी फोरजी विस्तार गर्ने गरी काम अघि बढाईएको जनाएको छ । त्यसै गरी स्मार्ट टेलिकमले पनि काठमाण्डौ र पोखरामा फोरजी सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved