ललितपुरको पाटनमा अन्तराष्ट्रिय ललित व्यापार मेला हुने

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 11, 2018 | 01:43:15 PM मा प्रकाशित

laxmi  sunrise bank

ललितपुरको पाटनमा आगामी बुधबारदेखि ‘अन्तराष्ट्रिय ललित व्यापार मेला’ आयोजना हुने भएको छ । ललितपुर उद्योग वाणिज्य संघले आईतबार पत्रकार सम्मेलन गरी मेला आयोजना गर्न लागिएको जानकारी गराएको हो । 

संघका अध्यक्ष कृष्णलाल महर्जनले संघको स्वर्ण जयन्तीको अवसर पारेर मेला आयोजना गर्न लागिएको बताए ।  ४ दिनसम्म चल्ने मेलामा नेपाल सहित विभिन्न देशका औद्योगिक उत्पादनको प्रर्दशनी हुने छ । कृषि, हस्तकला, विज्ञान प्रविधि सहित ९० वटा स्टल रहनेछन् । 

मेलाको अवसरमा संघले ८९ वर्ष पूरा भएका जेष्ठ नागरिकहरुलाई सम्मान पनि गर्ने भएको छ । 

त्यस अवसरमा नेपाल राष्ट्र , टक्सार विभाग मार्फत संघको स्वर्ण जयन्ति लोगो अंकित एक हजारको चाँदीको सिक्का र सय रुपैँयाको साधारण सिक्का पनि निश्कासन गर्ने कार्यक्रम तय गरिएको छ । मेलाको उद्घाटन प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गर्ने छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved