विद्युत आयोजना निर्माणमा कागजात पेश नगर्ने भारतीय कम्पनीको लाइसेन्स खारेज

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 12, 2018 | 09:41:55 AM मा प्रकाशित

laxmi  sunrise bank

७४० मेगावाटका जलविद्युत आयोजनाको काममा कागजात पेश नगर्ने भारतीय कम्पनीको लाइसेन्स खारेज भएको छ । 

उत्पादन अनुमति लिन आवश्यक पर्ने कागजात पेश गर्न नसक्दा १३० मेगावाटको बुढीगण्डकी ‘क’ र २६० मेगावाटको बुढीगण्डकी ‘ख’ जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी नौलो नेपाल हाइड्रो इलेक्ट्रिक कम्पनीको आयोजना अनुमतिपत्र (लाइसेन्स) खारेज भएको हो ।

फाइनान्सियल क्लोजरको रिपोर्ट, विद्युत् प्राधिकरणसँग गरिने विद्युत खरिद सम्झौता (पिपिए) को पत्र र उद्योग दर्ताको कागजात पेश नगरेपछि नौलो नेपालको लाईसेन्स खारेज गरिएको उर्जा मन्त्रालयले जनाएको छ । नौलो नेपाल हाइड्रो नेपालमा लगानी गर्न भारतीय कम्पनी पटेल इन्जिनियरङले नेपालमै दर्ता गरेको कम्पनी हो ।

फागुन महिनामा मात्रै ७४० मेगावाट बराबरको आयोजना ओगटेर बसेका भारतीय कम्पनीको लाइसेन्स खारेज भएको छ । उर्जा मन्त्रालयले लामो समयसम्म आयोजना ओगटेर बस्ने तर निर्माण कार्य सुरु नगर्ने नबढाउने कम्पनीहरुको लाइसेन्स खारेज गर्न थालेको हो ।

फागुन १२ मा ३५० मेगावाटको दुधकोशी चौथो जलविद्युत आयोजनाको प्रबद्र्धक कम्पनी केभीआर इन्डिया इन्फ्रा कम्पनीको लाइसेन्स पनि खारेज गरेको थियो । 

तीनवटै आयोजनाका प्रबद्र्धकसँग विद्युत् विकास विभागले भदौ ५ गते विद्युत खरिद सम्झौता (पीपीए)को पत्र, फाइनान्सियल क्लोजरको रिपोर्ट र उद्योग दर्ताको प्रमाणपत्र मागेको थियो । आवश्यक कागजात पेश गर्न नसकेपछि लाइसेन्स खारेज भएको विद्युत विकास विभागका प्रवक्ता बाबुराज अधिकारीले जानकारी दिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved