सिइओ सम्मेलनको तयारी पुरा, बुधबार देशले पहिलो सिइओ अफ दि इयर पाउने

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 13, 2018 | 02:32:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमै पहिलो पटक आयोजना गरिएको नेपाल सिइओ सम्मेलनको तयारी पुरा भएको छ । नेपाल सिइओ समिट तथा अवार्ड २०१८ कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको हो । 

बुधबार काठमाडौँमा आयोजना गरिने कार्यक्रमा नेपाल लगायत १७ देशका झण्डै ३ सय अर्थ तथा ब्यवसायको क्षेत्रमा सफल सिईओ तथा निर्देशकहरुको सहभागीता रहने बताईएको छ । कार्यक्रममा नेपालको आर्थिक बिकास, आगामी लक्ष्य र रणनितीका बारेमा छलफल हुनेछ । 

कार्यक्रम मार्फत पहिलो पटक नेपालले पहिलो सिइओ अफ दि इयर पाउने भएको छ । अवार्डमा नेपालको अर्थतन्त्रको क्षेत्रमा कृयाशिल विभिन्न कम्पनीका सिईओ, तथा निर्देशकहरुको प्रतिस्पर्धा रहेको छ । पपुलर सिइओ अफ दि इयरमा नागरिकले गरेको अनलाईन तथा मोबाइल एसएमएस भोटिङका आधारमा नतिजा तय गरिने आयोजकले जनाएको छ ।

पपुलर सिइओ अफ दि इयरका लागी नेपाल बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ग, उद्योगी उपेन्द्र महतो तथा सफल बैंकर्स अनिल शाह लगायतकोे प्रतिस्पर्धा छ । मंगलबार साँझ ५ बजेसम्म मात्रै भोटिङको समय रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved