दिर्हाम, रियाल र रिंगिटको मूल्य घट्यो

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 15, 2018 | 09:10:39 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बिहिकार तोकेको विनिमय दर अनुसार दिर्हाम, रियाल, रिंगिटको मूल्य घटेको छ । बिहिबार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ५८ पैसा र विक्रिदर २७ रुपैयाँ ७४ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ४० पैसा र विक्रिदर २८ रुपैयाँ ५७ रुपैयाँ छ ।

राष्ट्र बैंकल युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ १६ पैसा र विक्रिदर २८ रुपैयाँ ३२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ४८ पैसा र विक्रिदर २६ रुपैयाँ ६३ रहँदा कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७३ पैसा र विक्रिदर ९ रुपैयाँ ७९ पैसा रहेको छ ।

एक कुवेती दिनारको एकको खरिददर ३ सय ४४ रुपैयाँ ७३ पैसा छ भने विक्रिदर ३ सय ४६ रुपैयाँ ७३ पैसा रहेको छ । एक बहराइन दिनार एकको खरिददर २ सय ७४ रुपैयाँ २९ पैसा र विक्रिदर २ सय ७५ रुपैयाँ ८८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर आफैँ मूल्य तोक्न सक्नेछन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved