“कोक खाम् रसिया जाम्” ९ जाना बिजेताको घोषणा

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 15, 2018 | 11:34:51 AM मा प्रकाशित

laxmi  sunrise bank

कोकाकोला नेपालले “कोक खाम् रसिया जाम्” क्याम्पेनको दोस्रो हप्ताको ४ जना बिजेताको नाम घोषणा गरेको छ । यस योजना अन्तर्गत उपभोक्ताले सम्पूर्ण खर्चसहित रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउनेछन् । प्रत्येक दिन २०० जनाले फिफा र कोकको लोगो अंकित बिशेष उपहार जित्न सक्ने कोकाकोला नेपालले जनाएको छ ।  

योजनामा ४० जनाले रसिया पुगेरे सम्पूर्ण खर्चसहित रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउनेछन् । त्यसको प्रत्येक हप्ता ४ जना बिजेताको नाम लक्की ड्र मार्फत छनोट हुनेछ भने, २ जनाले २४ इन्चको टेलिभिजन जित्न सक्नु हुनेछ । 

गत हप्ता रसिया टुर र टेलिभिजन जित्ने बिजेताहरुको नाम घोषणा गरिएको थियो । दोस्रो हप्ताको बिजेताहरुको नाम यस प्रकार छन् 

१ . महेश राई – लाजिम्पाट 

२ . ओमनाथ श्रेष्ठ – थिमी 

३ . राजिब प्रधान – इमाडोल 

४ . आशिष मान शिंह ¬– न्यु रोड

तेसैगरी २४ इन्चको टेलिभिजन जित्ने बिजेताहरु नाम यस प्रकार रहेका छन्

१ . बिनु तामाङ – कालोपुल 

२ . बुद्ध बहादुर लामा – कपुरधारा,लाजिम्पाट

अझै ३१ जना बिजेताले रसिया जाने अबसर पाउने छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved