महिन्द्राले हेटौडामा बनायो नमूना वर्कसप

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 15, 2018 | 02:44:56 PM मा प्रकाशित

laxmi  sunrise bank

महिन्द्रा एण्ड महिन्द्रा कम्पनीले नेपालमा नमुना वर्कसप निर्माण गरेको छ । साना र ठुला गाडीहरुका लागी उपयुक्त मानिएको उक्त वर्कसप हेटौडामा निर्माण गरिएको महिन्द्राले जनाएको छ । 

दुगड़ ब्रदर्श एण्ड सन्स सँग २५ बर्ष भन्दा लामो समयसँग मिलेर काम गरिरहेको महिन्द्राले निर्माण गरेको सो वर्कसपको इन्टरनेशनल अपरेसन साउथ एसीया महिन्द्रा एण्ड महिन्द्रा लि. का प्रमुख सञ्जय जादव, दुगड़ ब्रदर्श एण्ड सन्सका प्रवन्धनिर्देशक विवेक दुगड र महिन्द्रा एण्ड महिन्द्रा लि.का नेपाल र भुटान हेड चैतन्य कागलकारले संयुक्त रुपमा उद्घाटन गरे ।  

गा्रहकलाइ थप सेवा दिने कम्पनीको योजना अन्तर्गत नै सो वर्कसपको निर्माण गरिएको बताईएको छ । सो वर्कसप ६ हजार ८ सय बर्ग फिट क्षेत्रफलमा फैलीएको छ । २० वटा शाखा कार्यालय, २८ सर्वीस सेन्टर र महिन्द्रका अन्य सेवा सुविधाका संरचना निर्माण गर्न लागिपरेको महिन्द्राले जानकारी दिएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved