माइक्रोम्याक्सले ल्यायो २ बजेट स्मार्टफोन, यस्ता छन् विशेषता

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 18, 2018 | 01:33:29 PM मा प्रकाशित

laxmi  sunrise bank

माइक्रोम्याक्सले २ बजेट स्मार्टफोन नेपालमा भित्र्याएको छ । कम्पनीले अहिले एक्स ४०९ बारफोन र क्यु ३५३ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । 

एक्स ४०९ मोडलमा १.८ इन्चको स्कृन जडान गरिएको छ भने, फ्रन्ट र रियर क्यामेरा जडान भएको छ । यो फोनमा २ वटा सिमकार्डको प्रयोग गर्न सकिन्छ । उक्त फोनमा ८ सय एमएचको ब्याट्री प्रयोग गरिएको छ । एफएम रेडियो, भ्वाइसकल रेकडिङ, म्युजिक प्लेयर र भिडियो प्लेयर पनि जडान भएको छ । यस फोनको बजार मूल्य १०२५ रुपैयाँ रहेको छ । कम्पनीले यो फोनमा १०० दिनसम्म फिर्तागर्न सक्ने ‘रिप्लेसमेन्ट वारेन्टि’ जारी गरेको छ ।

कम्पनीले क्यु ३५३ बजेट स्मार्ट फोन पनि बजारमा ल्याएको छ । यसमा १.३ जिएचजेड क्वाड कोर र १ जिबि याम रहेको छ । ५ इन्चको एचडी डिस्प्ले जडान भएको यस फोनमा ७२०ह१२८० पिक्सल रिजोलुसन रहेको छ । यस फोनमा २००० एमएचको ब्याट्री प्रयोग भएको छ । यसमा रियर र फ्रन्ट दुबै क्यामेरा ५ मेगा पिक्सलको जडान भएको छ । यसमा ७.० नुगट अपरेटिङ सिस्टमको जडान गरिएको छ । १ जिबी ¥याम र ८ जिबी रोम रहेको यस फोनमा ३२ जिबीसम्मको मेमोरीकार्ड प्रयोग गर्न सकिन्छ ।

माइक्रोम्याक्सको प्रिमियम स्मार्टफोनहरु मध्येको एक स्मार्टफोन क्यु ३ एन्ड्रोयड बजेट स्मार्टफोनको प्रिमियम मूल्य रु. ६ हजार ८ सय २० रुपैयाँ रहेको छ । माइक्रोम्याक्स विश्व प्रसिद्ध भारतीय ब्राण्ड हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved