रियाल, दिर्हाम र रिंगिट स्थिर, कोरियन वनको मूल्य घट्यो

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 26, 2018 | 11:07:40 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आज सोमबार तोकेको विनिमय दर अनुसार कोरियन वनको मूल्य घटेको छ । राष्ट्र बैंकका अनुसार आज कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५७ पैसा र विक्रिदर ९ रुपैयाँ ६२ पैसा रहेको छ । एक कुवेती दिनारको खरिददर ३ सय ४६ रुपैयाँ ३५ पैसा छ भने विक्रिदर ३ सय ४८ रुपैयाँ ३६ पैसा रहेको छ । 

एक बहराइन दिनार एकको खरिददर २ सय ७५ रुपैयाँ ०७ पैसा र विक्रिदर २ सय ७६ रुपैयाँ ६६ पैसा रहँदा एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६६ पैसा र विक्रिदर २७ रुपैयाँ ८२ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ४८ पैसा र विक्रिदर २८ रुपैयाँ ६५ रुपैयाँ छ भने युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ २४ पैसा र विक्रिदर २८ रुपैयाँ ४० पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ४८ पैसा र विक्रिदर २६ रुपैयाँ ६३ रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर आफैँ मूल्य तोक्न सक्नेछन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved