यसै बर्षदेखि ब्यापार घाटा घट्छ: प्रधानमन्त्री ओली

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 26, 2018 | 09:35:09 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले यसै आर्थिक बर्षदेखि ब्यापार घाटा घट्ने बताएका छन। नेपाल उद्योग परिसंघले तयार  गरेको  आर्थिक समृद्धिको मार्गचित्र २०७४ आज बालुवटारमा  ग्रहण गर्दै प्रधानमन्त्री यस्तो बताएका हुन। 

‘व्यापार घाटा घटाउन सरकारले खास योजना ल्याउछ ’ प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि उपभोग्य बस्तुको उत्पादन,उपभोग आदतमा परिवर्तन र निर्यातजन्य बस्तुको उत्पादनमा जोड दिने नीति कार्यन्वयन गर्नुपर्छ ।’

नेपाली उपभोग्य सामानका लागि छिमेकमा ठुलाठुला बजार रहेकोले निर्यातमा समस्या नहुने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘हामीले उत्पादन गरेका सामग्रीका लागि बजारको अभाव छैन’ प्रधानमन्त्री ओलीले भने ‘कृषिमा आधुनिकीकरण गरेर उच्च उत्पादकत्व बढाउनु पर्दछ ।’

प्रधानमन्त्री ओलीले यसै बर्षदेखि व्यापार घट्ने बताएपनि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको सात महिनाको आर्थिक विवरण अनुसार नेपालको शोधनान्तर घाटा  १८ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो बर्ष शोधानान्तर घाटा ३६ अर्ब ९५ करोड रुपैयाँ बचत थियो।

त्यस्तै कुल वस्तु व्यापार घाटा १९.४ प्रतिशतले बढेर ६१३ अर्ब ६० करोड पुगेको छ। अघिल्लो बर्षको यस अवधिमा यस्तो ब्यापार घाटा ६६।२ प्रतिशत थियो।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved