वन र रिंगिट बढ्दा रियाल, दिर्हाम र दिनारको मूल्य घट्यो

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 28, 2018 | 10:40:34 AM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार मलेसियन रिंगिट र कोरियन वनको मूल्य बढेको छ । रियाल, दिर्हाम र दिनारको मूल्य भने केही पैसाले घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विनिमय दर अनुसार कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६६ पैसा र विक्रिदर ९ रुपैयाँ ७१ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ७४ पैसा र विक्रिदर २६ रुपैयाँ ८९ रहेको छ ।

राष्ट्र बैंकले तोकेको दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६४ पैसा र विक्रिदर २७ रुपैयाँ ८० पैसा हुँदा कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ४७ पैसा र विक्रिदर २८ रुपैयाँ ६४ रुपैयाँ छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ २२ पैसा र विक्रिदर २८ रुपैयाँ ३९ पैसा तोकेको छ । 

कुवेती दिनार एकको खरिददर ३ सय ४६ रुपैयाँ ३७ पैसा छ भने विक्रिदर ३ सय ४८ रुपैयाँ ३७ पैसा रहेको छ । एक बहराइन दिनार एकको खरिददर २ सय ७४ रुपैयाँ ९४ पैसा र विक्रिदर २ सय ७६ रुपैयाँ ५४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर आफैँ मूल्य तोक्न सक्नेछन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved