चेम्वर अफ कमर्सकाद्वारा पुरानो कालोबजारी ऐन शंशोधन गर्न आपूर्तिमन्त्रीको ध्यानाकर्षण

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 30, 2018 | 01:06:57 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बजार अनुगमनलाई व्यवस्थित पार्ने बताएका छन् । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा निजी क्षेत्रका समस्या अवगत गराउन शुक्रबार मन्त्रालय पुगेको टोलीसँंग मन्त्री यादवले त्यसका लागि व्यवसायीहरुसँंग सहयोगको आशा राखेका हुन् ।  

व्यवस्थित बजार अनुगमनका लागि कार्यविधि बनाएर अगाडि वढ्ने उनले बताए । यसका लागि काम अगाडि वढिरहेको उनले जानकारी दिए   । २०३२-०३३ सालमै बनेको कालोबजारी ऐनलाई शंशोधन गर्न सरोकारवाला सवै पक्षसँंग बसेर प्रक्रिया अगाडि वढाउने आश्वासन उनले दिए  । उनले नाफा भन्दा ठूलो कुरो सम्मान भएको चर्चा गर्दै सम्मानजनक व्यवसायका लागि सवैसँंग विशेष आग्रह गरे । 

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले पुरानो कालोबजारी ऐनको शंशोधन तिर ध्यानाकर्षण गराएका थिए । साथै उनले व्यापार घाटा वढिरहेको बेला विदेश निर्यात हुने नेपाली सामानहरुलाई सहुलियत दिनुपर्ने खाँंचो औंल्याए  । कृषिको उत्पादन बढाउन सरकारले विशेष ध्यानदिनुपर्नेमा उनले जोड दिए । साथै उनले सरकारसँंग सहकार्य गरेर अगाडि वढ्न निजीक्षेत्र तयार रहेको पनि स्पष्ट पारे  । कार्यक्रममा नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रका समस्या समाधानका लागि निकट भविष्यमै बृहत छलफल गरी अगाडि वढ्ने मौखिक सहमति भएको थियो । 

भेटघाटको टोलीमा चेम्वरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्षद्धय कमलेश कुमार अग्रवाल, महेन्द्रमान श्रेष्ठलगायतका पदाधिकारी तथा सदस्यहरु सहभागी थिए  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved