संसदमा अर्थमन्त्रीको सम्बोधन सुरु, श्वेतपत्र जारि गर्दै (लाइभ)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 30, 2018 | 01:12:42 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्री युवराज खतिवडाले अहिले बहुप्रतिक्षित श्वेतपत्र सार्वजनिक गरिरहेका छन्। मन्त्री खतिवडाले संसद बैठकमा श्वेतपत्र सार्बजनिक गरिरहेका हुन् । 

हेर्नुस लाइभ ।

अपडेट: २:२७ बजे : अर्थमन्त्रीको सम्बोधन सकिएको छ ।


श्वेतपत्रमा बर्तमान सरकारले सत्ता सम्हाल्नु अघि मुलुककाे अर्थतन्त्र कुन अवस्थामा  थियाे र अब कसरी अघि बढ्छ भन्ने  बिषय उल्लेख हुनेछ ।

अर्थ मन्त्रालयका प्रवक्ता अर्जुन पाेखरेलले श्वेतपत्रमा शेयर बजारसँगै बैंक तथा वित्तीय क्षेत्रलाई समग्र रुपमा समेटर विशेष कार्यक्रम अाउने बताए । सरकारले श्वेतपत्र मार्फत स्थानीय, प्रदेश र संघीय सरकारबीच स्रोत बाँडफाँड र वितरणमा देखिएको समस्या तथा भविष्यमा चाल्नुपर्ने रणनीतिलाई पनि सम्बोधन गर्ने बताएकाे छ । 

श्वेतपत्रमा निरन्तर घटेको सेयर बजारलाई लयमा फर्काउन केहि नयाँ कार्यक्रम आउने आशामा लगानीकर्ता रहेका छन् । श्वेतपत्रले  हाल बैंकहरूमा देखिएको तरलता संकट समाधान गर्ने कस्तो कार्यक्रम ल्याऊला भन्नेमा बैंक तथा वित्तीय संस्थाहरुको चासो छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved