पूँजी परिचालनका लागि नीतिगत व्यवस्था गर्ने अर्थमन्त्रीको प्रतिबद्दता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 30, 2018 | 04:53:10 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा युवराज खतिवडाले उच्च आर्थिक वृद्धिका लागि लगानी र त्यसको उत्पादकत्व वृद्धि गर्न स्वदेशी तथा विदेशी पूँजी परिचालनका लागि अनुकूल नीतिगत तथा व्यस्थापकीय सुधारका कार्य सरकारले तत्काल शुरु गर्ने बताएका छन् । 

संसद्मा आज उनले देशको वर्तमान आर्थिक स्थितिको सम्बन्धमा जानकारी दिँदै साधारण खर्चलाई मितव्ययी बनाउन मितव्ययितासम्बन्धी नीति जारी गरी कडाइका साथ पालना गरिने बताउँदै भने, “प्रदेश र स्थानीय तहलाई संविधानबमोजिम राजश्व परिचालन गर्न र कार्यक्रम कार्यान्वयन गर्नका लागि सक्षम बनाउन क्षमता विकासमा सहयोग गरिनेछ ।” 

डा खतिवडाले पूँजी परिचालन उचित रुपमा हुन नसकेको जानकारी गराउँदै ठूला आयोजना निर्धारित समय र लागतमा निर्माण हुन नसकेको र उत्पादनमुखीभन्दा वितरणमुखी कार्यक्रम बढी देखिएको स्पष्ट गरे ।

पूँजी बजार धितोपत्रमा मात्र सीमित रहेको उल्लेख गर्दै उनले शेयर मूल्य प्रभावित भएको र समग्र अर्थतन्त्र आयातमुखी बनेको बताए  । विदेशीको नेपालप्रतिको सद्भाव कायमै छ भन्दै उनले सूचना प्रविधिको विकास गरी आर्थिक समृद्धि गर्न सकिने धारणा व्यक्त गरे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved