नेपालमै पहिलो पटक राष्ट्रिय आर्थिक गणना २०७५ हुने, (विज्ञप्ती सहित)

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 01, 2018 | 05:46:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमै पहिलो पटक राष्ट्रिय आर्थिक गणना २०७५ हुने भएको छ । नेपाल सरकार राष्ट्रिय योजना आयोगको सचिवालय राष्ट्रिय आर्थिक गणना, २०७५ जिल्ला आर्थिक गणना कार्यालयहरुले मुलुकभरका ७७ वटै जिल्लाहरुमा एकैपटक गणना सुरु गर्ने भएको हो । 

यसै विषयमा नेपाल चेम्बर अफ कर्मसले जारी गरेको प्रेस विज्ञप्ती :


                                                      प्रेस बिज्ञप्ती

नेपालमै पहिलो पटक देशव्यापी रुपमा वैशाख २ गते आइतबारदेखि राष्ट्रिय आर्थिक गणना २०७५ सुरु हुने भएको छ । नेपाल सरकार राष्ट्रिय योजना आयोगको सचिवालय राष्ट्रिय आर्थिक गणना, २०७५ जिल्ला आर्थिक गणना कार्यालयहरुले मुलुकभरका ७७ वटै जिल्लाहरुमा एकैपटक गणना सुरु गर्ने भएको हो । 

राष्ट्रिय आर्थिक गणना, २०७५ जिल्ला आर्थिक गणना कार्यालय काठमाडौं र नेपाल चेम्वर अफ कमर्सको संयुक्त आयोजनामा आइतबार राजधानीमा भएको गोष्ठीमा यसबारे जानकारी दिइएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला आर्थिक गणना समन्वय समितिका अध्यक्ष केदारनाथ शर्माले नेपालमै पहिलो पटक नयाँं वर्षको सुरुवातसँंगै गणनाको काम सुरु हुने जानकारी दिनुभयो । वैशाख १ गते शनिबार परेकाले देशैव्यापी रुपमै बैशाख २ गते आइतबारदेखि काम सुरु हुने उहाँंले जानकारी दिनुभयो । 

केन्द्रिय तथ्यांक विभागका महानिर्देशक सुमनराज अर्यालले संघ, प्रदेश तथा स्थानीय तहसम्म प्रतिष्ठान तथा व्यवसायहरुको व्यवसायिक क्रियाकलाप सम्वन्धी वर्तमान अवस्था थाहा पाउन गणना गर्न लागिएको जानकारी दिनुभयो । जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राज बैद्यले गणनाबाट मुख्यतया आर्थिक क्रियाकलापअनुसार प्रतिष्ठानहरुको कुल संख्या स्थिति समन्धीको तथ्यांक आदि प्राप्त हुने बताउनुभयो । 

कार्यक्रमका सभापति एवं नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले ऐतिहासिक यस काममा सहयोग गर्न निजी क्षेत्र तत्पर रहेको बताउनुभयो । यसले मुलुकको आर्थिक विकासमा सहयोग हुने विश्वास उहाँंले व्यक्त गर्नुभयो ।  

तथ्यांक संकलनका लागि देशैभरि तीन हजार पाँंच सय जनशक्ति परिचालित हुने कार्यक्रममा जनाइयो । तथ्यांक संकलनपछि यसको प्रशोधन, सार्वजनिकीकरणलगायतका पाँंच वर्षे यो योजनाका लागि झण्डै ४० देखि ५० करोड खर्च हुने कार्यक्रममा बताइयो । जिल्ला आर्थिक गणना कार्यालय काठमाडौंका आर्थिक गणना अधिकृत एवं निर्देशक रामबन्धु रेग्मीले कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

                                                                                                  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved