चेम्बर अफ कमर्सद्धारा दक्षिण एसियाका क्षेत्रीय निर्देशक हानसोलाई स्वागत

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 03, 2018 | 04:25:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सले दक्षिण एसियाका क्षेत्रीय निर्देशक पार्क हानसोलाई मंगलबार राजधानीमा स्वागत गरेको छ । कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले दुवै देशको आर्थिक गर्न मिलेर काम गर्ने बताए । नेपाली समानहरु विदेशमा न्युन मात्रै निर्यात हुने तर आयात अत्याधिक हुँंदा व्यापार घाटा वढिरहेको गुनासो गर्दै उनले दुई देशवीच आपसी सहकार्य गरी अगाडि वढ्न हानसोलाई आग्रह गरे । अध्यक्ष श्रेष्ठले चेम्वर अफ कमर्सले हरेक वर्ष काठमाडौंमा गर्दै आएको एक्स्पोमा कोरियाले गर्दै आएको सहयोगको प्रंशसा गर्दै आगामी दिनमा पनि सहकार्यको विश्वास व्यक्त गरे । उनले नेपालमा स्थायी सरकार बनेर लगानी योग्य बातावरण बनेको भन्दै लगानीका लागि पनि कोरियाली पक्षसँंग आग्रह गरे । 

उक्त कार्यक्रममा दक्षिण एसियाका क्षेत्रीय निर्देशक पार्क हानसोले दुवै देशको हितका लागि मिलेर काम गर्न तयार रहेको बताए । व्यापार लगानी प्रबद्धर्नका लागि नेपाललाई सहयोग गर्न पनि आफूहरु तयार रहेको बताए नेपालका लागि कोरियाली राजदूत पार्क योंग सिकले नेपाल र कोरियावीचको सहकार्यले निरन्तरता पाएकोमा खुशी व्यक्त गरे । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved