जेसिबीको आधिकारिक सेवा केन्द्र सिराहाको लहानमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 04, 2018 | 07:14:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको लागि जेसीबीब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले सिराहाको लहानमा आधिकारिक रिटेल आउटलेट 'एआरओ' सुरु गरेको छ।

प्रदेश नं २ का सांसद लगनलाल चौधरीले नयाँ ‘एआरओ’को उद्घाटन गरे। उद्घाटन अवसरमा बोल्दै नयाँ‘एआरओ’का प्रबन्धनिर्देशक धनवीर महतोले सहज सेवा दिने र यसमा कुनै सम्झौता नहुने बताए । नयाँ ‘एआरओ’बाट जेन्युइन पार्टस्को विक्री गरिने उनले बताए।   

नयाँ नयाँ ‘एआरओ’ बाट जेसीबीका ग्राहकले विश्वस्तरीय एफ्टर सेल्स सर्भिस र स्पेयरको सुविधा पाउने कम्पनिले जनाएको छ।  यो क्षेत्रमा निर्माण कार्यले तीव्रता पाएसँगै निर्माण व्यवसायीहरुको सहजताका लागि जेसीबीले आधिकारिक आउटलेट सुरु गरेको जानकारी दिएको छ। 

कार्यक्रममा सिराहा निर्माण व्यवसायी संघका अध्यक्ष विशाल साह र टप इटा उद्योगका अनोज यादवको साथै उदयपुर, सप्तरी, खोटाङ, ओखलढुंगाका निर्माण व्यवसायीहरुको उपस्थिति थियो । 

एमएडब्लु अर्थमुभर्सले जेसीबी मेसिनको संख्या बढिरहेका स्थान बनेपा, गल्छी, दोलखा र डडेलधुरामा ‘एआरओ’ स्थापना गरिसकेको छ । एमएडब्लु अर्थमुभर्सले जेसीबी मेसिनको संख्या बढिरहेका अन्य स्थानमा पनि एआरओ स्थापना गर्ने लक्ष्य लिएको छ । विक्रीपछिको सेवामा बढी विश्वास गर्ने भएकाकारण नेपालमा जेसीबीको सबैभन्दा ठूलो शाखा सञ्जाल रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved