राजस्व नीति सुधार गर्न सुझाव माग्दै अर्थमन्त्रालय

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 05, 2018 | 11:02:55 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्रालयले राजस्व प्रशासनलाई सुधार गर्न सुझावको मागेको छ । मन्त्रालयले उद्यमी व्यवसायी, राजस्व प्रशासनका विज्ञ तथा विभिन्न संघ संस्थासँग राजस्व प्रशासन र कर दायराका विषयमा सुझाव माग गरेको हो । राजस्व प्रशासनका झन्झट हटाउन तथा राजस्व प्रशासनलाई अझ चुस्त र प्रभावकारी बनाउन सुझाव संकलन गर्न लागिएको मन्त्रालयले जनाएको छ । 

अघिल्ला नीतिमा भएका कमी कमजोरीलाई हटाएर करदातामैत्री कर प्रशासन बनाउने सरकारको तयारी अनुसार मन्त्रालयले राजस्व नीतिमा सुधार गर्न सूचना जारी गरेको अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलले जानकारी दिए । 

आगामी आर्थिक वर्ष २०७५÷७६ को आर्थिक ऐन तथा बजेट तर्जुमा गर्दा अहिलेको राजस्व नीति, भन्सार महशुल, मूल्य अभिवृद्धि कर, आयकर, अन्तःशुल्क, गैरकर तथा राजस्व चुहावट नियन्त्रणका साथै समग्र राजस्व प्रशासनको सुधारका सम्बन्धमा आगामी वैशाख १५ भित्र सुझाव पठाउन अर्थ मन्त्रालयले भनेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved