लुम्विनीलाई पर्यटकीय केन्द्र बनाउन चेम्बर अफ कमर्सको भियतनामसँग आग्रह

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 09, 2018 | 03:46:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सले नेपालको लुम्विनीलाई पर्यटकीय केन्द्रको रुपमा प्रबद्र्धन गर्न भियतनामी एयरलाइन्सबाट लुम्विनीसम्म सिधै हवाई सम्पर्क कायम हुनुपर्ने बताएको छ । 

भियतनाम एक्स्पोमा सहभागी हुन नेपाली प्रनिधिमण्डलको नेतृत्व गर्दै भियतनाम पुगेका नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले समाजवादी गणतन्त्र भियतनामका राष्ट्रपति कार्यालयका मन्त्री Dao Viet Trung सँंग भएको भेटमा लुम्विनीलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्नुपर्ने बताएका हुन् । 

अप्रिल ११ देखि १४ अर्थात चैत्र २८ गतेदेखि वैशाख १ गतेसम्म हुने चारदिने २८ औ भियतनाम इन्टरनेशनल ट्रड फेयर (भियतनाम एक्स्पो)मा सहभागी हुन चेम्वरका अध्यक्ष श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय नेपाली टोली अहिले भियतनामा छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved