नाडाको अध्यक्षमा शम्भु दाहाल विजयी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 09, 2018 | 07:01:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल अटोमोबाईल डिलर्स एशोसिएसनको अध्यक्षमा सिप्रदी ट्रेडिङका निर्देशक शम्भु दाहाल निर्वाचित भएका छन। दाहालले प्रतिस्पर्धी राम कंडेललाई पराजित गर्दै नेतृत्व हात पारेका हुन। 

दाहालले प्रतिस्पर्धी कंडेललाई ५९२ मत अन्तरले पराजित गरेका हुन। दाहालले ६ सय ६० मत ल्याए भने प्रतिस्पर्धी कंडेलले मात्र ६८ मत प्राप्त गरे। 

त्यस्तै सदस्यमा कृष्णप्रसाद दुलाल, करणकुमार चौधरी, अभिक ज्योती, सुनिल रिजाल, सुरेशकुमार उप्रेती, अनुप बराल, विक्रम सिंघानिया, प्रकाश कपुरी, सुरज भट्टराई, दीपक अग्रवाल, मिलनबाबु मल्ल, पंकज अग्रवाल, नन्दकिशोर शाही र निलमणी पाठक(राम) निवाचित भएका हुन्। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved