नेपाल चेम्वर र भियतनाम चेम्वरबीच कोअपरेशन एग्रिमेन्ट

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 10, 2018 | 02:37:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्वर अफ कमर्स र भियतनाम चेम्वर अफ कमर्स एण्ड इन्डष्ट्रीवीच कोअपरेशन एग्रिमेन्ट भएको छ । नौ बुँदे उक्त समझदारीपत्रमा नेपाल चेम्वरको तर्फबाट अध्यक्ष राजेश काजी श्रेष्ठ र भियतनाम चेम्वरको तर्फबाट अध्यक्ष Dr Vu Tien Loc  ले हस्ताक्षर गरे । 

नेपाल र भियतनाम दुई देशवीचको आर्थिक तथा  व्यापारिक अभिबृद्धि गर्न सूचना आदानप्रदान गर्ने, दुई देशका प्रतिनिधि मण्डलहरुबीच अनुभबन आदानप्रदान गर्न भ्रमण गर्ने, दुवै देशको आर्थिक बृद्धिका लागि वैदेशिक व्यापार तथा लगानी अभिबृद्धिका बारेका नीतिनियम अध्ययन गर्ने, व्यापार तथा प्रविधि मेलाहरुमा सहभागिता जनाउने लगायतका बुँंदाहरु समझदारी पत्रमा उल्लेख गरिएका छन् । समझदारीपत्रले दुई देशवीचको व्यापार अभिबृद्धिमा सहयोग पुग्ने विश्वास गरिएको छ । 

अप्रिल ११ देखि १४ अर्थात् चैत्र २८ गतेदेखि वैशाख १ गतेसम्म हुने चारदिने २८ औ भियतनाम इन्टरनेशनल ट्रेड फेयर (भियतनाम एक्स्पो) मा सहभागी हुन चेम्वरका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय नेपाली टोली अहिले भियतनाममा छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved