शुक्रबार बैंक तथा वित्तीय संस्था पूरै दिन खोल्न राष्ट्र बैंकको निर्देशन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 12, 2018 | 11:47:48 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले भोलि चैत्र २९ गते शुक्रबार बैंक तथा वित्तीय संस्थाका कार्यालय अन्य दिन जस्तै पूर्णकालीन रुपमा संचालन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले असोज, पुष, चैत्र र असार महिनाको २५ गते पछि शनिवार वा जुनसुकै सार्वजनीक बिदा परे पनि बैंकहरु पूर्णकालीन रुपमा संचालन गर्न यस अघि नै निर्देशन दिएको थियो ।

कम्पनीहरुको त्रैमासिक कर तथा विवरण बुझाउने समय भएकोले असोज, पुष, चैत्र र असार महिनाको २५ गतेपछि  मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा आधा विदा नहुने ब्यबस्था राष्ट्र बैंकले गरेको हो । सोहि अनुसार भोलि चैत्र २९ गते शुक्रबार पनि बैंकहरुले पुरै दिन सेवा दिनु पर्ने भएको हो ।

बैंकसंगै राजश्व संकलन गर्ने अन्तरिक राजश्व कार्यालयहरु, करदाता सेवा कार्यालयहरु, भन्सार कार्यालयहरु, नेपाल राष्ट्र बैंक लगायत सम्पूर्ण बैंकहरु, राजश्व वापत प्राप्त हुने चेक क्लियारिंग गर्ने प्रयोजनको लागि अन्य बैंक तथा नेपाल क्लियरिंग हाउस पनि पूर्ण रुपमा खोल्न राष्ट्र बैंकले निर्देशन दिएको छ  ।

अन्य समयमा भने शुक्रबार बैंक तथा वित्तीय संस्थाहरुले आधा दिन मात्र सेवा दिने गरेका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved