सरकारको निकायले पत्याएन अर्थमन्त्री खतिवडाको आर्थिक वृद्धिको लक्ष्य

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 25, 2018 | 03:05:25 PM मा प्रकाशित

laxmi  sunrise bank

केन्द्रीय तथ्यांक बिभाग (सिविएस) ले चालु आर्थिक बर्षको आर्थिक वृद्धिदर ५.८९ प्रतिशत हुने प्रक्षेपण गरेको छ। बिभागले पत्रकार सम्मेलन गरि  यस आर्थिक बर्षको आर्थिक वृद्धिदर ६ प्रतिशत भन्दा कम हुने अनुमान सार्वजनिक गरेको हो। 

सिविएस ले गरेको आर्थिक वृद्धिको अनुमान बजेट ल्याएको कांग्रेस र माओवादी सरकार तथा ओली सरकारका अर्थमन्त्री ड़ा युबराज खतिवडाको लक्ष्य भन्दा कम हो। बजेट ल्याएको सरकारले आर्थिक वृद्धिदर ७ प्रतिशत हुने प्रक्षेपण गरेको थियो भने बजेटको मध्यावधी समिक्षा मार्फत अर्थमन्त्री खतिवडाले ६ प्रतिशतको आर्थिक लक्ष्य निर्धारण गरेका थिए।   

राष्ट्रिय योजना आयोग अन्तर्गतको सिविएस ले समेत अर्थमन्त्री खतिवडाको आर्थिक वृद्धिदरको लक्ष्यलाई बिश्वास गर्न नसकेको देखिएको छ। यस अघि बिश्व बैक र एसियाली बिकास बैंकले समेत अर्थमन्त्री खतिवडाले निर्धारण गरेको ६ प्रतिशतको आर्थीक वृद्धिदरको लक्ष्य बिपरित आफ्नो अनुमान सार्वजनीक गरेका थिए। बिश्व बैंकले ४.६ प्रतिशत र एशियाली विकास बैंकले ४.९ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेका थिए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved