अब क्यासिनो र मसाज स्पा पनि पर्यटन क्षेत्रमा पर्ने, यस्तो छ राष्ट्र बैंकको नयाँ निर्देशन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 30, 2018 | 04:46:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले पर्यटन क्षेत्रको परिभाषा फराकिलो बनाएको छ। राष्ट्र बैंकले पर्यटन क्षेत्रको परिभाषा फराकिलो बनाउदै बैंक तथा वित्तीय संस्थालाई नीतिगत सहुलियत प्रदान गरेको हो 


राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्रमा जाने कर्जामध्ये ५ प्रतिशत पर्यटन क्षेत्रमा लगानी गर्नु पर्ने प्रावधान रहेको छ। यस अघि पर्यटन क्षेत्र भन्नाले ट्रेकिङ्ग, ट्राभल एजेन्सी, पर्वतारोहण, रिसोर्ट, ¥याफ्टिङ्ग, क्याम्पिङ्ग, होटल, मनोरंजन, रिक्रिएसन, चलचित्र सम्बन्धी र काठमाडौं उपत्यका, विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढीमा सार्वजनिक सहरी यातायात सेवा संचालन गर्ने संगठित संस्थालाई प्रवाहित कर्जा भन्ने मानिएको थियो  

तर अब भने राष्ट्र बैंकले एकिकृत निर्देशन २०७४ मा भएको यस समबन्धि ब्यबस्था खारेज गरी पर्यटन क्षेत्रको नयाँ परिभाषा तय गरेको हो । जस अनुसार अब क्यासिनो र मजाज स्पा पनि पर्यटन क्षेत्र अन्तर्गत पर्ने छन् ।  राष्ट्र बैंकको नयाँ निर्देशन संगै पर्यटन क्षेत्र भित्र ट्रेकिङ, ट्राभल एजेन्सी, पर्वतारोहण, रिसोर्ट, र्‍याफ्टिङका साथै क्याम्पिङ, टुर अप्रेटर, हिलिङ सेन्टर, क्यासिनो, मसाज स्पा, होटल, पर्यटन आवास, मोटेल, ग्रामिण पर्यटन, होमस्टे, रिर्सोट तथा रेष्टुरा, पर्यावरणीय पर्यटन, वन्यजन्तु आरक्ष, मनोनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसन, चलचित्र पर्ने छन्  । 

साथै स्किइङ, ग्लाइडिङ, वाटर र्‍याफ्टिङ, हट एयर ब्यालुनिङ, क्यानोइङ, प्यारासेलिङ, घोडचढि, हात्तिचढि, बञ्जी जम्पिङ, हिमाल आरोहण तथा अवलोकन, गल्फ कोर्ष, पोलो, पोनी ट्रेकिङ, पदयात्रा, माउण्टेन फ्लाइट सञ्चालन र केवलकार पनि पर्यटन क्षेत्र भित्र समेटिएको छ  । त्यस्तै  सांस्कृतिक, धार्मिक तथा खेलकुद पर्यटन र  काठमाडौं उपत्यका, विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढीमा सार्बजनिक सहरी यातायात सेवा सञ्चालन गर्ने संगठित संस्थालाई प्रवाहित कर्जा पनि पर्यटन क्षेत्रभित्रै पर्ने छ।  यस नयाँ निर्देशनले  बैंक तथा वित्तीय क्षेत्रलाई पर्यटन क्षेत्रमा लगानी बढाउन सहयोग पुग्ने राष्ट्रबैंकले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved