व्यापार घाटा सवा ८ खर्ब नाघ्यो, चैत्र महिनाको मात्र १ खर्ब बढी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 13, 2018 | 02:53:09 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक बर्षको ९ महिनाको अवधिमा नेपालको वैदेशिक ब्यापार घाटा ८ खर्व १४ अर्ब नाघेको छ  । गत आर्थिक बर्षको यसै अवधिमा ब्यापार घाटा ६ खर्ब ७० अर्ब रहेकोमा अहिले २१ प्रतिशतले बढेर सवा ८ खर्ब पुगेको हो  । पछिल्लो एक महिनामा मात्र ब्यापार घाटा १ खर्ब नाघेको छ  । साउनदेखि फागुनसम्मको अवधिमा ब्यापार घाटा ७ खर्ब १३ अर्ब रहेको थियो  । चैत्र महिनामा मात्र घाटा १ खर्ब बढीले बढेको हो  ।

९ महिने समीक्षा अवधिमा नेपालले ८  खर्ब १४ अर्ब बराबरको समान आयात गरेको छ भने केवल ५९ अर्व ७३ करोड बराबरको निर्यात गरेको छ   ।  ८  खर्ब १४ अर्ब बराबरको समान आयात गर्दा २ खर्ब १७ अर्व राजश्व उठेको छ  ।

नेपालको ब्यापार घाटा सबै भन्दा धेरै भारतसंग छ   । यस ९ महिने समीक्षा अवधिमा भारतसंग घाटा ५ खर्ब ४१ रहेको छ   । भारतपछि चीनसंग १ खर्ब ११ करोड ब्यापार घाटा छ ।

आयात गरिने वस्तु मध्ये सबै भन्दा पेट्रोलियम पदार्थ रहेको छ । ९ महिनाको अवधिमा नेपालले १ खर्ब ३५ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ । 

सबै भन्दा धेरै आयात (३४ प्रतिशत)  बिरगंज भन्सारबाट भएको छ भने सबै भन्दा धेरै निर्यात (३१ प्रतिशत) बिराटनगर भन्सारबाट भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved