२०अर्ब चुक्ता पुंजी रहने पूर्वाधार विकास बैंकले पायो एलओआई, को छन् व्यक्तिगत लगानीकर्ता ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 20, 2018 | 03:17:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले नेपाल पूर्वाधार विकास बैंक लिमिटेड स्थापनाका लागि  एलओआ ई (letter of intent)  दिएको छ ।  नेपाल राष्ट्र बैंकका प्रबक्ता नारायण पौडेलले बैंकलाई एलओआ ई दिएको पुष्टि गर्दै छिट्टै बैंक संचालनमा आउने जानकारी दिए । बैंकको  चुक्ता पुंजी २० अर्ब रहेको छ । 

राष्ट्र बैंकले यस अघि संस्थापकलाई संस्थापक तर्फको चुक्तापूँजीको ४५ प्रतिशत रकम जम्मा गर्न निर्देशन दिएको थियो ।  बैकमा २६ बटा बैक, बित्तिय सस्था तथा इन्सुरेन्सले लगानी गर्दै छन भने १४ जना व्यक्तिगत लगानीकर्ता छन । व्यक्तिगत लगानीकर्तामा बोधप्रसाद त्रिपाठी,नितेश अग्रवाल, आकाश गोल्छा, डा.विनोद आत्रेय, वीरेन्द्रकुमार संघई, शशीकान्त अग्रवाल, शुभाषचन्द्र संघई, सुशील गुप्ता, प्रकाश मुन्दना, दीपककुमार मल्होत्रा, रोहित गुप्ता, हेमन्त गोल्छा, दीपककुमार मुन्दडा र जीवननाथ लामिछाने छन ।

नेपाल इस्फ्रास्ट्रक्चर बैंक लिमिटेडका अध्यक्ष डा. विमल कोइराला रहेका छन ।

पूर्वाधार बिकास बैंकले देशको पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा कर्जा प्रवाह गर्र्ने, पूर्वाधार विकास सम्बन्धी परियोजना संचालन गर्ने, कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने, पूर्वाधार विकास सम्बन्धी परियोजना संचालनको लागि प्रतितपत्र खोल्ने तथा जमानत पत्रहरु जारी गर्ने, राष्ट्र बैंकको स्वीकृति लिई पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा लगानी गर्न आवश्यक रकम जुटाउनका लागि विभिन्न प्रकारका स्वदेशी तथा विदेशी मुद«ामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने, दिर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गर्ने, डिवेञ्चर जारी गरी श्रोत परिचालन गर्ने, लिजिङ्ग कारोबार गर्ने मुख्य उद्देश्य रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved