चीनले चक्रपथको कलंकी-महाराजगन्ज सडक मिडियनसहित विस्तार गरिदिने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 24, 2018 | 12:27:17 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनले चक्रपथको कलंकी-महाराजगन्ज खण्ड विस्तार गरिदिने भएको छ। यस सम्बन्धि सम्झौतामा दुवै देशका अधिकारीले  केही महिनाअघि हस्ताक्षर गरिसकेका छन्।  

सम्झौताअनुसार आगामी साउनबाट (अगस्ट) सडक विस्तारको काम सुरू हुनेछ। अहिलेको सडकको केन्द्रबाट दायाँबायाँ ३१ मिटर सडक विस्तार हुने सडक विभागको वैदेशिक समन्वय महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले बताए।

सो सडकमा बिपरित दिशाका सवारीलाई बाटो छुट्टयाउन बार, पर्खाल वा खालि ठाउँ (प्राविधिक भाषामा ‘मिडियन’) नभएकाले सडक सुरक्षा विज्ञ र प्राविधिकहरूले यसको डिजाइनमा प्रश्न उठाएका छन्।    

यद्दपी श्रेष्ठले दिएको जानकारी अनुसार कोटेश्वर-कलंकीको जस्तै कलंकी-महाराजगन्ज सडक पनि ८ लेनको बन्नेछ तर त्यहाँ बीचमा मिडियन पनि हुनेछ। यसका लागि डिजाइन समेत तयार भैसकेको छ तर बिभागले स्वीकृत गर्न भने बाँकी नै छ।   

सडक विस्तार गर्न करिब ५ अर्ब खर्च हुनेछ भने तीन वर्षमा काम सकिनेछ। ठेक्का पाउने कम्पनीको टुंगो नलागे पनि कोटेश्वर-कलंकीमा काम गरिरहेको सांघाई कन्स्ट्रक्सनले नै बाँकी खण्डमा पनि काम गर्ने सम्भावना रहेको श्रेष्ठको भनाई छ।

चिनियाँ कम्पनीले काम थाल्नुअघि सो सडकमा पर्ने घर टहरालगायत संरचना नेपाली पक्षले हटाइदिनुपर्ने र संरचना हटाउने काम भैरकेको श्रेष्ठले जानकारी दिए। महाराजगन्जदेखि कोटेश्वरसम्मको सडक पनि ८ लेन बनाइदिन चीनले सहमति जनाईसकेको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved