राजविराज विमानस्थल २२ बर्षपछि सुचारु, नियमित व्यवसायिक उडानको तयारिमा श्री एयरलाइन्स

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 24, 2018 | 02:28:14 PM मा प्रकाशित

laxmi  sunrise bank

लामो समयदेखि संचालन हुन नसकेको राजविराज विमानस्थल पुन: सुचारु भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र पूर्व नागरिक उड्ययन मन्त्री जितेन्द्र देवले बिहीबार विमानस्थलको संयुक्त रुपमा उद्‍घाटन गरेका हुन्।

नेपाल नागरिक उड्ययन प्राधिकरणले कर्मचारी र प्राविधिकसहित राखेर पहिलो पटक बुधबार श्री एयरलाइन्सको ५० सिट क्षमताको ९ एन–एएमए जहाज सफलतापूर्वक परिक्षण उडान गरेको हो। विराटनगर विमानस्थलबाट उडान गरि दिउँसो ३:२५ बजे राजविराजमा अवतरण भएको थियो।

२२ वर्षपछि पुनः सुचारु भएको राजविराज विमानस्थल स्तरोन्नति सहित असार १ गते देखि नियमित उडान सुरु हुने पर्यटन मन्त्री अधिकारीले जानकारी दिएका छन। 

झन्डै २२ बर्षपछी परिक्षण उडान हुने जानकारी पाएर पहिलो उडान हेर्न आएका स्थानीयहरुले पाईलट र प्राविधिकलाई ताली बजाएर भब्य स्वागत गरे।  पहिलो उडानका क्रममा क्याप्टेन प्रज्जवल अधिकारी र राजेश श्रेष्ठ, क्यान अवजरभर डि. आर. निरौला, सिभिल ईञ्जिनियर सुरेन्द्र यादवलगायतको टोली आएका थिए। प्राविधिक पक्षको परिक्षणका लागि गरिएको उडान सफल भएको श्री एयरले जनाएको छ। क्याप्टेन अधिकारीले कर्मशियल उडानका लागि मैदान स्तरिय रहेको प्रतिक्रिया दिए। सफल परिक्षण उडान सँगै राजविराजमा नियमित व्यवसायिक उडान गर्ने तयारी गरेको श्री एयरले जनाएको छ।

तत्कालीन यातायात मन्त्री गणेशमान सिंहले २०१६ सालमा उद्घाटन गरेको राजविराज विमानस्थल कच्ची धावनमार्गका कारण २०५२ बैसाखदेखि नियमित उडान हुन सकेको छैन। त्यसअघि सोमबार र बिहीबार गरी हप्ताको दुई पटक काठमाडौं उडान हुँदै आएकोमा सो समेत बन्द भएपछि तत्कालीन सगरमाथा अञ्चलका नागरिक २२ वर्षदेखि विमान चढ्न विराटनगर र जनकपुर जानु पर्ने बाध्यता छ।  

कच्ची धावनमार्गका कारण नियमित विमान नचलेपछि ५९ वर्षदेखि अलपत्र अवस्थामा रहेको विमानस्थलको धावनमार्ग पक्की बनाउन २०७३ साल असोजदेखि सुरु गरि ०७५ बैशाखमा सम्पन्न भएको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved