आर्थिक सर्वेक्षण पेश गर्दै अर्थमन्त्री डा खतिवडा (लाइभ भिडियो)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 27, 2018 | 12:58:29 PM मा प्रकाशित

laxmi  sunrise bank

आजको प्रतिनिधिसभा बैठकमा सरकारले आर्थिक सर्वेक्षण पेश गर्दै छन् ।  अर्थमन्त्री डा युवराज खतिवडाले आजको बैठकमा आर्थिक वर्ष २०७४÷७५ को आर्थिक सर्वेक्षण पेश गर्न लागेका हुन् । 

बजेट पेश हुनु अगाडि आर्थिक सर्वेक्षण पेश गर्ने नियमित प्रक्रिया रहँदै आएको छ ।  नयाँ आर्थिक बर्षको बजेट ल्याउनु अगाडि  प्रगति, कमजोरी र चुनौती समेटेर सर्वेक्षण सार्बजनिक गर्नु पर्ने ब्यवस्था छ। आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षमा भएका आर्थिक प्रगति तथा आर्थिक अवस्थाका बारेमा  जानकारी गराईने छ ।   सार्बजनिक संस्थानहरुको प्रगति विवरण पनि पेश हुने छ 

सरकारले आगामी मंगलबार बजेट पेश गर्ने तयारी गरेको छ  ।  

यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरुले नीति तथा कार्यक्रममा उठाएका प्रश्नहरुको जवाफ दिएका थिए ।  जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय संसद्को संयुक्त बैठकमा पेश  भएको नीति तथा कार्यक्रममा छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिएका हुन् ।

 प्रधानमन्त्रीले जवाफ दिएसँगै नीति तथा कार्यक्रम पारितको प्रक्रियामा गएको थियो । सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि ६ वटा संशोधन दर्ता भएका थिए । पारित हुनु अघि संशोधनका प्रस्तावहरूलाई निर्णयार्थ पेस गरि नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।

हेर्नुस आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री  ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved