बढेन वृद्धभत्ता, वृद्धवृद्धाको बीमा सरकारले गरिदिनेबढेन वृद्धभत्ता

निरोज कुमार थापा

निरोज कुमार थापा

May 29, 2018 | 03:59:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी वर्ष समाजिक सुरक्षा भत्तामा नबढाउने भएको छ । सरकारले नयाँ बजेटमार्फत समाजिक सुरक्षालाई एकीकृत गर्ने घोषणा गरेको छ । 

७० वर्ष माथिका नागरिकको एक लाखसम्मको स्वास्थ्य बिमाको शुल्क भने सरकारले नै तिर्ने भएको छ । सरकारले बजेटमार्फत अब समाजिक सुरक्षा कार्यक्रमलाई योगदानमा आधारित बनाउँ बनाउने घोषणा गरेको छ ।  अब दोहोरो समाजिक सुरक्षा हटाउने घोषणाा बजेटले गरेको छ । 

नेपालमा जेष्ठ नागरिक, अपांग, एकल महिला, लोपोन्मुख आदिवासी जस्ता विभिन्न शीर्षकमा सामाजिक सुरक्षा भत्ता लिनेको संख्या २४ लाख ९८ हजार ५ सय ३२ जना रहेको चालु आर्थिक वर्ष २०७४÷७५ को आर्थिक सर्वेक्षणले देखाएको थियो । 

सामाजिक सुरक्षा भत्ता लिनेमा सबैभन्दा बढी जेष्ठ नागरिक १२ लाख ८ हजार रहेका छन् । जेष्ठ नागरिकभित्र पनि दलित जेष्ठ नागरिकको संख्या २ लाख ६९ हजार, कर्णालीका जेष्ठ नागरिक ३४ हजार ६ सय र अन्य जेष्ठ नागरिक ९ लाख ३ हजार ८ सय रहेको छ । त्यस्तै सरकारबाट भत्ता लिने एकल महिलाको संख्या १ लाख ८ हजार रहेको छ भने विधवाको संख्या ५ लाख ६७ हजार ८ सय जना रहेको छ ।

भत्ता पाउने पूर्ण अपांगको संख्या ३९ हजार ६ सय र आंशिक अपांगको संख्या ६३ हजार २ सय रहेको छ । त्यस्तै भत्ता पाउने लोपोन्मुख आदिवासी जनजातिको संख्या २४ हजार ६ सय र बालबालिकाको संख्या ४ लाख ८६ हजार ३ सय रहेको छ । ७० वर्ष पुगेका जेष्ठ नागरिकले मासिक वृद्धभत्ता २ हजार पाउँदै आएका छन् । दलित जेष्ठ नागरिकले भने ६० वर्षदेखि नै यो भत्ता पाउँछन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved