प्रधानमन्त्री केपी शर्मा ओलीले असार १५ गते भित्र ठोस योजना लिएर आउन मन्त्री र सचिबहरुलाई निर्देशन दिएका छन। सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यन्वयनका बिषयमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन।
प्रधानमन्त्री ओलीले मन्त्रालयले के कस्ता कार्यक्रम सञ्चालन गर्ने,कसरी गर्ने त्यसका लागि असार १५ गते भित्रमा ठोस योजना लिएर आउन निर्शन दिएका हुन। सरकार दीर्घकालिन सोच सहित अघि बढ्नु पर्ने बताउदै उनले जन अपेक्षा पुरा गर्नका लागि सबै मन्त्रालयहरुलाई योजनाबद्ध ढंगले काम गर्न ओलीले निर्देशन दिए।
असार २५ गते ति योजनाको बिषयमा ब्यापक छलफल गरेर साउन १ गते देखि कार्यन्वयन सुरु गर्नुपर्ने ओलीको भनाई छ। 'जनताका अपेक्षा सरकारप्रति धेरै छन, अपेक्षा पुरा गर्नका लागि मन्त्रालयहरुले योजनाबद्ध ढंगले काम गर्नुपर्छ' प्रधानमन्त्री ओलीले भने, 'सरकार पुजारी जस्तो होइन, देशलाई हामीले नयां ढंगले अघि बढाउनु पर्छ, विगतको निरन्तरता मात्र होइन।'
खेर गएको जमिनलाई सदुपयोग गरेर कृषिमा आत्मनिर्भर हुने बाटोमा अघि बढ्नु पर्ने प्रधानमन्त्री ओलीको धारणा छ । जनताको अपेक्षा सरकारले सबै थोक गरिदेओस भन्ने हुन्छ तर सरकारसंग त्यो सामथ्र्य नहुने भएकोले जनतालाई आफैं सक्षम बन्न सिकाउनु पर्ने प्रधानमन्त्रीको धारणा छ ।
सरकारको नीति तथा कार्यक्रम र बजेटका बिषयमा असन्तुष्टी व्यक्त गर्नेहरुलाई कामबाट जवाफ दिनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । सरकार शुसासनमा दृढ रहेकोले सबै मन्त्री तथा सचिबहरुलाई यसको प्रत्याभुती दिन प्रधामन्त्री ओलीले निर्देशन दिए।