लक्ष्य अनुसार उठेन राजश्व, २ दिनमा ३२ अर्ब कसरी उठ्ला ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 15, 2018 | 03:48:17 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकार चालु आर्थिक वर्षमा अनुमान गरे अनुसारको राजश्व संकलन गर्न नसक्ने भएको छ । राजश्व संकलन मार्फत ७ खर्ब ३० अर्ब रुपैयाँ उठाउने लक्ष्य लिएको सरकारले शनिबारसम्म ६ खर्ब ९७ अर्ब रुपैयाँमात्र संकलन गरेको छ । यो रकम लक्ष्यभन्दा ३२ अर्ब १९ करोड रुपैयाँले घटी हो । 

चालु आर्थिक वर्ष सकिन आज र भोली २ दिन मात्रै बाँकी छ । सरकारले लक्ष्य पूरा गर्न २ दिनमा ३२ अर्ब १९ करोड रुपैयाँ उठाउनुपर्ने छ । १२ खर्ब ७९ अर्ब रुपैयाँ खर्च गर्नेगरी ल्याइएको बजेटमा अर्थमन्त्रालयले अर्धवार्षिक समिक्षा गर्दै १० खर्ब ८२ अर्ब खर्च हुने र राजस्वको लक्ष्य पूरा हुने जनाएको थियो । 

सरकाले चालु आर्थिक वर्षमा सनिबारसम्म ८० प्रतिशत बजेट खर्च गरेको जनाएको छ । शनिबारसम्मको तथ्यांकअनुसार सरकारले कूल विनियोजन बजेटमध्ये १० खर्ब २४ अर्ब रुपैयाँ खर्च गरेको जनाएको छ । सरकारले खर्चको अनुमान मिलाउन आज र भोलि ५८ अर्ब खर्च गर्नुपर्ने छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved