ग्राहकलाई ठगेको भन्दै २ इन्टरनेट सेवा प्रदायक कम्पनीसंग स्पष्टिकरण माग

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 18, 2018 | 05:27:11 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्राहकहरुसंग अतिरिक्त शुल्क लिएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेटसेवा प्रदायक दुई कम्पनीलाई पत्र काटेको छ। बिभिन्न शिर्षक राखेर ग्राहकसंग अतिरिक्त शुल्क लिएको भन्दै सुबिसु र वेबसर्फरलाई पत्र काटेको प्राधिकरणले जनाएको छ।

वेबसर्फर र सुबिसुले प्राविधिक, मर्मत सम्भार र सहायता लगायतका शिर्षक देखाएर ग्राहकसँग नियमविपरीत पैसा लिएको भेटीएपछी उनीहरुलाई पत्र काटिएको प्राधिकरणका मोनिटरिङ विभाग प्रमुख विजयकुमार रायले बिजपाटीलाई बताए। 

' नियम बिपरित विभिन्न शिर्षकमा पैसा लिएको पाईएपछि किन लिएको भनेर पत्र काटेका हौँ' रायले भने, 'प्राधिकरणले स्वीकृति नदिएको विभिन्न शिर्षक राखेर पैसा लिएको प्रमाणित भए कारबाही हुन्छ।' 

इन्टरनेट तथा टेलिफोन सेवा प्रदायक कम्पनीहरुले प्राधिकरणको स्वीकृति बिना आफुले शिर्षक थप गरेर सेवाग्राहीबाट अतिरिक्त शुल्क असुल नपाइने व्यवस्था छ। दुरसंचार नियामावलीको बुँदा नम्बर १५ को ‘ज’ मा ‘ग्राहकलाई उपलब्ध गराएको दूरसञ्चार सेवा कुनै कारणले बिग्रेमा प्राधिकरणले तोकिएको स्तरअनुरुप निशुल्क मर्मत सम्भार गर्नुपर्नेछ’ भनिएको छ।  तर इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले भने ग्राहकसँग मर्मत लगायतका अतिरिक्त शिर्षक राखेर पैसा लिईरहेका छन्। 

यता सुबिस केवल नेटका सञ्चालक सुधिर पराजुलीले भने प्राधिकरणले विभिन्न शिर्षकमा राखेर लिईने शुल्कलाई एउटै शिर्षकमा राख्न भनेको बताएका छन। मर्मत सम्भार लगायतका काम पहिला पनि निशुल्क गर्दै आएको भन्दै उनले इन्टरनेट सेवा शुल्कमा वृद्धि गरेपछि प्राधिकरण आफै डराएर पत्र काटेको पराजुलीले बिजपाटीलाई बताए। प्राधिकरणले धेरै शिर्षक नराख्न भनेपछि अब मर्मत सम्भार, सहायता लगायतका शिर्षक हटाउने उनको भनाई छ।

प्राधिकरणले २ वटा कम्पनीलाई मात्रै पत्र काटेपनि अन्य सेवा प्रदायकहरुले पनि नियम विपरीत शिर्षक राखेर पैसा असुलिरहेको भेटिएको छ। केहि कम्पनीले मनिटरिङ एण्ड टेक्निकल सर्पोट शिर्षकमा प्रतिमहिना ५ सय ५० रुपैयाँ असुल गर्दै आएको पाईएको छ। तर यस्ता कम्पनीहरुलाई प्राधिकरणले कुनै किसिमको कारबाही नगरेको खुल्न आएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved