कृषि प्रधान देशको हालत यस्तो, २१ अर्बको तरकारी आयात हुँदा मुस्किलले १ अर्बको निर्यात

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 23, 2018 | 06:58:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाललाई कृषि प्रधान मूलुक भन्ने गरिन्छ । साँच्चिकै देशको उर्वर भूमि तथा माटोको प्रयोग गर्ने हो भने नेपाल कृषि प्रधान देश ने हो । तर यहाँको माटोको प्रयोग हुन छोडेको छ । तर पनि देशलाई कृषि प्रधान नै भनिदै आएको छ । व्यवहारीक रुपमा हेर्दा कृषि उपजमा भने नेपाल परनिर्भर बन्दै गईरहेको छ । 

नेपालमा उपभोग खाद्यान्नमध्ये अधिकांस विदेशबाट आयात गरिन्छ । नेपालीको भान्सामा पाक्ने चामलदेखि हरेका प्रकारका तरकारीहरु बाहिरी मुलुकबाटै भित्र्याउने गरिन्छ । जुन व्यबहारिकतालाई नेपाल कृषि प्रधान देश हो भनेकै भरमा ढाकछोप गर्न सक्दैन् ।  

नेपाल सरकारले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन २० बर्षे कृषि योजना अघि सारेको छ । सरकारको उदेश्याई अन्तिम विन्दुमा पुर्याउन २०७३ देखि प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना भन्ने एउटा २० वर्षे परियोजना छ । परियोजनाले विभिन्न क्षेत्रलाई कृषिको सम्भावना अनुरुप छुट्याएर काम अघि बढाएको छ । तर देशमा आयात हुने तरकारी जन्य बस्तुमा देखिएको व्यापार घाटाले भने दर्दनाक अवस्था देखाएको छ । 

देशको ६५ प्रतिशत जनताको मूल जीवन आधारको रुपमा कृषि पेशा रहेको छ । कुल गार्हस्थ उत्पादनको करिब २९ प्रतिशत हिस्सा कृषि क्षेत्रले नै ओगटेको छ । यस्तो अवस्थामा पनि देशले ठूलो रकममा तरकारीजन्य वस्तु किन्नु परेको छ । 

आर्थिक बर्ष २०७२/७३ मा १७ अर्ब ९५ करोड मूल्य बराबरको तरकारीजन्य बस्तु नेपाल भित्रियो । तर मुस्किलले नेपालबाट १ अर्ब ६० करोड बराबरको तरकारी अन्य मुलुकमा निर्यात गर्न सफल भएको भन्सार विभागको तथ्याङ्कको तथ्यांकमा छ । 

 तथ्याङ्क अनुसार नेपालले १६ अर्बको व्यापार घाटा व्यहोरेको सजिलै देख्न सकिन्छ । आव २०७३/७४ मा पनि अवस्था उस्तै देखिन्छ । १८ अर्ब ७५ करोडको तरकारी भित्रिएकोमा मुस्किलले १ अर्बको हाराहारीमा निर्यात भएको छ ।

आर्थिक वर्ष २०७४/७५ को तरकारी कारोबारलाई हेर्ने हो भने अझ बढी घाटा व्यहोर्नु परेको देखिन्छ । कुल २१ अर्बको तरकारी आयात गरी १ अर्ब बराबरको मात्रै निर्यात भएको छ । यसरी बर्षेनि तरकारीको आयात हुने क्रम बढ्दो छ तर उत्पादन क्षमता भने जस्ताको तस्तै छ । 

यस्तो अवस्थामा बाम सरकारको समृद्धिको सपना केवल सपना मात्रै हुने निश्चित छ । नागरिकलाई उत्पादनसँग जोड्न नसक्दासम्म यस्ता घाटा वर्षौनी बढि नै रहन्छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved