व्यवसायी प्रतिकुल मापदण्ड बनाएर कमाउने दाउमा आयल निगम

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 29, 2018 | 03:00:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले काठमाडौंमा चौबिसै घण्टा खुल्ला रहने पेट्रोलपम्प सञ्चालनमा ल्याउने तयारी थालेको छ । भएका पेट्रोलपम्पहरु लथाथिङ्ग अबस्थामा रहेका बेला निगम भने अरु पम्प खोल्न कम्मर कसेर लागेको छ । 

सामान्यतय, काठमाडौँमा बेलुकासम्म मात्रै पम्पहरु खुल्ला हुन्छन् । सडकमा सवारी चाप दिउँसो ज्यादा हुँदा पम्पहरु दिउँसोमात्रै खुल्ला रहन्छन् । तर बेलुका विरलै र अत्यावश्यक मात्रै सवारी सञ्चालन हुन्छन् । 

राती पनि खोल्न सकिने गरी पम्प सञ्चालन गर्नु राम्रो भएपनि भएका पम्पहरुको उचित्त व्यबस्थापन हुन नसकिरहेका बेला फेरि अर्को पम्प खोल्नु केवल निगमको नाफा कमाउने योजना मात्रै हो । वर्षौसम्म घाटा देखाएर नागरिकलाई झुक्याउने निगम कर्मचारीलाई भने बोनश बाढिरहेको छ । निगमको यो कदम नागरिक सेवाको नाममा नाफा कमाउने उदेश्य देखिन्छ । 

आपूर्ति मन्त्रालयका सचिव एवं आयल निगमका सञ्चालक समिति अध्यक्ष चन्द्रकुमार घिमिरेले निगमले काठमाडौँमा चौबिसै घण्टा सेवा दिने पट्रोल पम्प सञ्चालन गर्नुपर्ने प्रस्ताव गरेका छन् । निगमका कार्यकारी निर्देशक सुशिल भट्टराईका अनुसार राजधानीमा हरेक समय खुल्ने पम्प आवश्यक रहेकोले साधारणसभामा पनि पम्प खोल्ने प्रस्ताव गरिएको जानकारी दिए । 

प्रदेशमा पनि निगमकै पेट्रोलपम्प

निगमले हरेक प्रदेशमा आफ्नो स्वामित्वमा रहने गरी एक÷एक वटा नमूना पेट्रोल पम्प सञ्चालन गर्ने भएको छ । निगमले पेट्रोल पम्प सञ्चालन गर्न चाहने निजी क्षेत्रसँग प्रस्ताव माग गरेको जनाएको छ । तर माग गर्दा कम व्यबसायीले मात्रै स्वीकृति लिएपछि निगम आफैले आधुनिक पेट्रोलपम्प भन्दै धमाधम पम्प सञ्चालन गर्ने तयारीमा जुटेको हो । 

व्यबसायीले पूरा गर्नै नसक्ने मापदण्ड तोकेर आफू कमाउ धन्दामा लाग्नका लागी निगम पम्प खोल्न लागेको हो । जोखिम न्यूनीकरण हुने खालको आधुनिक पम्प सञ्चालन गर्न र परम्परागत पम्पलाई विस्थापन गर्न भन्दै सरकारले पनि नमूना पेट्रोलपम्पको अवधारणा ल्याएको छ । तर यसमा व्यबसायीले ईच्छा नदेखाएपछि निगम आफै पम्प खोल्ने मनस्थितीमा पुगेको हो ।

निगमले व्यवसायीसँग दुई पटकसम्म आवेदन माग गरेको थियो । तर २ पटकमा गरेर जम्मा ९५ व्यवसायीले मात्रै आवेदन बुझाएका थिए । नमूना पम्प सञ्चालन गर्न पाउँ भनेर उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) बाट जम्मा ३ वटा मात्रै आवेदन परेका छन् । नमूना पम्प सञ्चालन गर्न देशैभरबाट हालसम्म जम्मा १० व्यवसायीले स्वीकृत लिएका छन् ।

नेपाल पेट्रोलियम डिलर्स एसोसियसनका अध्यक्ष लिलेन्द्र प्रधान नमूना पम्प सञ्चालनका लागी निगमले तोकेको प्रक्रिया र मापदण्ड ठिक नभएको बताउँछन् । सरकारी मापदण्डप्रति आफूहरुको असन्तुष्टि रहेको उनको भनाई छ । निगमले तोकेको मापदण्ड अनुसार काठमाडौंमा एउटा पम्प खोल्न ५० करोड रुपैयाँ लाग्ने उनको भनाई छ । 

के के छन मापदण्ड ?

नमूना पम्प बनाउने जग्गाको क्षेत्रफल तराई तथा भित्री मधेसका उदयपुर, चितवन, मकवानपुर, सिन्धुली, दाङ र सुर्खेतको पहाडी क्षेत्रबाहेकमा एक विगाहा र पहाडी क्षेत्र तथा हिमाली क्षेत्रमा पाँच रोपनी हुनुपर्नेछ ।

राजमार्ग वा अन्य सडकबाट ५ सय मिटरभित्रको जग्गामा नमूना पम्प निर्माण गर्न पाइनेछ । उक्त मुख्य सडकदेखी पम्प रहेको ठाउँमा जाने सडक १० मिटर फराकिलो हुनुपर्ने छ ।

पम्पको विक्रिस्थलको कम्पाउण्डभित्र एप्रोच रोड, टैंक फार्म, विक्रीकक्ष, पार्किङ एरियाबाहेक सवारी साधन आवतजावतमा बाधा नपर्ने गरी हरियाली कायम हुनुपर्नेछ । पम्पको तीनतर्फ कम्तीमा तीन फिट र बढीमा पाँच फिटसम्म उचाइ भएको पक्की कम्पाउण्ड वाल वा सिमेन्ट पिलरमा काँडेतार लगाउनुपर्नेछ । 

पम्पको विक्रीकक्षमा न्यूनतम २ वटा पुरुष शौचालय, युरीनरी र न्यूनतम ४ वटा महिला शौचालय र अपांगमैत्री एउटा शौचालय अनिवार्य हुनुपर्नेछ । विद्युतको बैकल्पिक व्यवस्था, अग्निसुरक्षाको व्यवस्था अनिवार्य छ । 

मापदण्ड अनुसार पम्पले एकैपटकमा ८ वटा सवारीमा तेल भर्न मिल्ने गरी व्यवस्था गर्नुपर्नेछ । कम्तीमा ४ वटा पेट्रोल नोजल र ४ वटा डिजेल नोजल हुनुपर्नेछ । न्यूनतम २० वटा साना तथा ठूला गाडी पार्क गर्न मिल्ने ५ सय स्क्वायर मिटरको पार्किङ क्षेत्र हुनुपर्नेछ । पम्पमा इलेक्ट्रोनिक्स कार्डबाट समेत खरीद गर्न मिल्ने व्यवथा हुनुपर्नेछ । पम्पमा भेन्डिङ मेसिन, किराना पसल, न्यूनतम २० जनाले आरामपूर्वक खान मिल्ने रिफ्रेसिङ हाउस, रेष्टुराँ र कफिसप हुनुपर्नेछ । 

यस्तो नमूना पम्प आधुनिक सुविधायुक्त हुनेछ । जबकी यस्तो पम्म हालसम्म नेपालमा छैन । हालसम्म हेर्दा नेपाली सेना र नेपाल प्रहरी लगायतका संगठनबाट सञ्चालनमा आएका पम्पहरु मात्रै व्यबस्थित छन् । निगमबाट लाईसेन्स लिएकाहरुको नियमित अनुगमन नगर्ने, आयातमा केही ढिला हुनासाथ बजारमा तेलको कृत्रिम अभाव सिर्जना गर्ने पम्पहरुलाई कारबाही गर्नुको सट्टा निगम आफै कमाउको लागी धमाधम आफ्नै स्वामित्वका पम्पहरु सञ्चालन गर्न दौडधुपमा छ । निरन्तर घाटामा छु भन्ने निगम कर्मचारीलाई भने बोनश दिईरहेको हुन्छ । 

नेपालमा सुविधासम्पन्न आधुनिक पम्पहरु आवश्यक भएपनि पहिलेदेखी सञ्चालनमा रहेका अव्यबस्थित पम्पहरुलाई व्यबस्थित गर्नु पहिलो काम हुनुपर्ने हो । पूरा गर्नै नसकिने मापदण्ड बनाएर निगमले मापदण्ड अनुसार पम्प खोल्न निजी क्षेत्र तयार नभएको भन्दै आफै खोल्न लाग्नु निजी क्षेत्रका लागी दुखद भएको व्यबसायीहरुको गुनासो छ । व्यबसायी मैत्री मापदण्ड बन्नुपर्नेमा निगमले भने आफू पम्प खाल्ने मनशायले व्यबसायीलाई नसुहाउने मापदण्ड तय गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved