पर्यटनमन्त्री अधिकारीका ५ वर्षे कार्ययोजना : प्रत्येक वर्ष २५ लाख पर्यटकदेखी अन्तराष्ट्रिय विमानस्थलसम्म

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 02, 2018 | 04:33:18 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटक आगमनको संख्यालाई अबको ५ वर्षमा २५ लाखमा र्पुयाउने महत्वकांक्षि कार्ययोजना सार्वजनिक गरेको छ । पर्यटनमन्त्री रविन्द्र अधिकारीले बिहीबार मन्त्रालयमा विभिन्न प्रदेशका पर्यटनमन्त्रीहरुसँग अन्तरक्रिया गर्दै मन्त्रालयले गर्ने कामको खाका सार्वजनिक गरेका हुन् । 

मन्त्रालयले हाल वाषिर्क १० लाख रहेको पर्यटक आवागमनको संख्या बढाउने, ५ वर्षभित्र निजगढ विमानस्थलको निर्माण आधा सकाउने योजना सार्वजनिक गरेको हो ।  

कार्ययोजनामा १ वर्षभित्र भैरहवा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने, ३ वर्षभित्र पोखरा विमानस्थलको निर्माण सक्ने, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पार्किङ क्षमतालाई दोब्बर बनाउने, काभ्रेको नागीडाँडामा विमानस्थल निर्माण सकेर त्रिभुवन विमानस्थलको ट्राफिक चापलाई ३० प्रतिशतले कम गर्ने र ३ वर्षभित्रै सबै पुरातात्विक सम्पदाहरुको पुननिर्माण सकाउने लक्ष्य लिईएको छ । 

नेपाल वायु सेवा निगम हाल रहेका ५ वटा अन्तराष्ट्रिय र ८ वटा आन्तरिक उडान भर्ने विमानको संख्यालाई बढाएर ५ वर्षभित्र अन्तराष्ट्रिय उडानका लागि १० र आन्तरिक उडानका लागि १५ वटा विमान पुर्याईने कार्ययोजनामा समेटिएको छ । 

पुशपतिलाई चाडपर्वको दिनमा १५ लाख पर्यटकले दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाउन प्रवेश तथा प्रांगण क्षेत्र सुधार गर्ने योजना पनि ल्याइएको छ । पशुपति क्षेत्र, जानकी मन्दिर, रारा, खप्तड, स्वर्गद्वारी लगायतका क्षेत्रको पर्यटन गुरुयोजना तयार कार्यान्वनमा लगिने मन्त्रालयले जनाएको छ । 

यस्तै अन्तराष्ट्रिय बौद्ध सर्किटलाई नेपालसँग जोड्ने र जनकपुरलाई भारतसँगको सहकार्यमा रामायण सर्किटमा आवद्ध गर्ने काम पनि ५ वर्षभित्र सक्ने मन्त्रालयले जनाएको छ । 

प्रत्येक प्रदेशमा सांस्कृतिक सांग्राहलय स्थापना गर्ने, प्रत्येक स्थानीय तहमा हेली प्याड निर्माण गर्ने, प्रदेश र स्थानीय तहसँग मिलेर सय वटा नयाँ पर्यटकीय गन्तब्य विकास गरिसक्ने, एयर स्पोर्टट्ज एक्टिभिटीलाई विस्तार गर्ने, नारायणहिटी संग्राहलयको गुरुयोजना बनाएर त्यहाँभित्र पुरा एक दिन विताउन सकिने किसिमबाट विकास गर्ने, हेलसी र पाथिभरालाई हिन्दु र बौद्ध धर्माबलम्बीको महत्वपूर्ण गन्तब्यका रुपमा विकास गर्ने लगायतका लक्ष्य पनि मन्त्रालयले तय गरेको छ । 

सबै काम गरिसक्दा कुल राष्ट्रिय उत्पादनमा पर्यटन क्षेत्रको योगदानको हिस्सा १० प्रतिशत पुग्ने मन्त्रालयको दावी छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved