मिस नेपालको स्वास्थ चौकीमा गोर्खा इको प्यानलको सहयोग

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 07, 2018 | 12:58:27 PM मा प्रकाशित

laxmi  sunrise bank

मिस नेपाल वल्र्ड २०१८, श्रृखला खतिवडाको अगुवाईमा मकवानपुरको चेपाग वस्तीमा स्वास्थ चौकी भबन बन्न लागेको छ । मकवानपुरको कैलाश गाउँंपालिका वडा नं ७ मा बन्ने स्वास्थ्य चौकी भबन बनाउन गोर्खा इको प्यानलले १२ लाख बराबरको इको प्यानल सहयोग गर्ने भएको छ । 

गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले चेपागहरु आर्थिक रुपमा मात्रै होइन, स्वास्थ्य पहुँंचका हिसावले पनि पिछडिएको समुदाय भएकाले पनि उनीहरुका लागि बनाइने स्वास्थ्य चौकी भबन निर्माणमा सहयोग गर्न लागेको बताए । 

चीनको सान्यामा आगामी डिसेम्वर ८ (मंसिर २२ गते शनिबार) हुने मिस वल्र्ड प्रतियोगिताकी प्रतिस्पर्धी मिस नेपाल वल्र्ड २०१८ की सुन्दरी श्रृंखलाले स्वाथ्य चौकीको भबन निर्माण पूरा गरी त्यसको बृतचित्र त्यहाँं देखाउने छिन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved