उद्योग व्यवसाय फस्टाउने वातावरण बनाईदिन आग्रह

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 12, 2018 | 07:52:37 AM मा प्रकाशित

laxmi  sunrise bank

व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उद्योग व्यवसाय फस्टाउने वातावरण बनाईदिन आग्रह गरेका छन। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिहरुले प्रधानमन्त्रीलाई भेटगरि दुई तिहाईको सरकार आएपछि नयाँ उर्जाका साथ मुलुक समृद्धिको मार्गमा अगाडी बढ्ने अपेक्षा निजी क्षेत्रले गरेकोमा त्यसको महशुस हुन नसकेको गुनासो गर्दै व्यवसाय फस्टाउने वातावरण बनाइदिन आग्रह गरे। 

अध्यक्ष राणाले प्रधानमन्त्रीले यसअघि दिएको निजी क्षेत्र सम्मिलित परामर्श समूह गठन गर्ने आश्वासनलाई छिटो पूर्णता दिनुपर्नेमा समेत ध्यानाकर्षण गराइन। त्यस्तै स्थानीय तहमा दोहोरो तेहोरो करको समस्यालाई संवोधन गरी एकिकृत कर प्रणाली लागू गर्न, कर प्रणालीमा सुधार गर्न, कालो बजारी ऐन लगायतका पुराना ऐन कानूनहरूलाई पुनरलेखन, शंसोधन र परिमार्जन गर्न समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराइन। साथै उनले  सरकारका तर्फबाट उत्पादकत्व अभिवृद्धि गर्ने, लगानी आकर्षण गर्ने खालका “स्टीमुलस प्याकेज” घोषणा गर्न समेत आग्रह गरिन। 

महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू किशोर प्रधान, उमेशलाल श्रेष्ठ र चन्द्र प्रसाद ढकालले औद्योगिक विस्तार सहित रोजगारी सृजना र व्यापार घाटा कम गर्ने रणनीतिक योजना ल्याउनु पर्ने, उद्योगी व्यवसायीका समस्या र गुनासा सुन्ने स्थायी संयन्त्र निर्माण गरिनुपर्ने, सरकारले कुनै पनि निर्णय गर्नुअघि सरोकारवाला निकायहरूस“ग पर्याप्त छलफल गरेमा त्यो बढी प्रभावकारी हुने लगायतका सुझावहरू राखे। 

सो अवसरमा प्रधानमन्त्री ओलीले उद्योग व्यवसायको विकासका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहयोग सम्बन्धी ठोस सुझाव लिखित रूपमा ल्याउन आग्रह गरे। प्रधानमन्त्रीले पुराना ऐन कानूनहरूमा कहाँ के संसोधन, पुनरलेखन, परिमार्जन आवश्यक छ सुझाव दिन समेत निजी क्षेत्रलाई अनुरोध गर्दै ती सुझावहरूलाई आफूले तत्काल कार्यान्वयन गर्ने विश्वास समेत दिलाए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved