नेपालमा एक बर्षमा साढे चार लाख सवारी थपिए, कुन प्रदेशमा कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 16, 2018 | 10:43:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा एक बर्षमा साढे चार लाख सवारीसाधान दर्ता भएका छन। आर्थिक बर्ष २०७४-७५ मा सबै भन्दा बढी प्रदेश ३ मा सवारीसाधन दर्ता भएको यतायात व्यवस्था बिभागले जनाएको छ। 

दर्ता भएका कुल चार लाख ३७ हजार ६ सय १४ सवारीसाधन मध्ये प्रदेश ३ मा मात्रै एक लाख २९ हजार पाँच सय ५७ सवारी दर्ता भएका छन् । जस मध्ये सबैभन्दा धेरै एक लाख ४४ हजार चार सय ४४ मोटरसाइकल दर्ता भएका छन्। बस आठ सय ३३, मिनिबस÷मिनिट्रक नौ सय ३४ र हेभी इक्विमेन्ट चार हजार एक सय ४ दर्ता भएका छन् । यस्तै कार,जिप,भ्यान १४ हजार चार सय ५२, पिकअप तीन हजार एक सय ७७ दर्ता भएका छन् । माइक्रो एक हजार चार सय ५७ र अन्य सवारी एक सय ५६ दर्ता भएको विभागले जनाएको छ ।

कर्णाली प्रदेशमा सबै भन्दा कम दुई सय ७४ सवारी दर्ता भएका छन्। यो प्रदेशमा सबैभन्दा धेरै दुई सय ६० मोटरसाइकल दर्ता भएका छन् । कर्णालीमा १० वटा कार,जिप,भ्यान दर्ताहुँदा बस, ट्रयाक्टर, ई–रिक्सा र अन्य सवारी एक÷एक वटा दर्ता भएको विभागले जनाएको छ ।

प्रदेश १ मा गत आवमा ४१ हजार दुई सय ९० सवारी दर्ता भएका छन् । यो प्रदेशमा सबैभन्दा धेरै २८ हजार मोटरसाइकल र कम १४ वटा माइक्रो दर्ता भएको छ । बस पाँच सय ४८, मिनिबस÷मिनिट्रक ९१ र हेभी इक्विमेन्ट नौ सय २१ दर्ता भएका छन् । यस्तै कार,जिप,भ्यान १४ सय एक, पिकअप नौ सय १३, टेम्पो पाँच हजार पाँच सय ४१, ट्रक्याटर तथा पावर टेलर एक हजार आठ सय ४८ दर्ता भएका छन् । साथै, ई–रिक्सा एक हजार सात सय ९० र अन्य सवारी २७ वटा दर्ता भएको विभागले जनाएको छ ।

प्रदेश २ मा गत आवमा एक लाख २८ हजार सात सय ८५ सवारी दर्ता भएका छन् । यो प्रदेशमा सबैभन्दा धेरै ९७ हजार  आठ सय २८ मोटरसाइकल र कम ५९ वटा अन्य सवारी दर्ता भएको छ । बस चार सय ९९, मिनिबस÷मिनिट्रक पाँच सय ५६ र हेभी इक्विमेन्ट चार हजार ४८ दर्ता भएका छन् । यस्तै कार,जिप,भ्यान ६ हजार ६ सय ३, पिकअप दुई हजार तीन सय ४४, टेम्पो दुई हजार सात सय ८४, ट्रक्याटर तथा पावर टेलर पाँच हजार सात सय ३३ दर्ता भएका छन् । साथै, ई–रिक्सा १० हजार ७६ र माइक्रो दुई सय ५५ वटा दर्ता भएको विभागले जनाएको छ ।

गण्डकी प्रदेशमा गत आवमा २२ हजार दुई सय तीन सवारी दर्ता भएका छन् । यो प्रदेशमा सबैभन्दा धेरै १७ हजार  नौ सय ८ मोटरसाइकल दर्ता भएका छन् । बस तीन सय ३०, मिनिबस÷मिनिट्रक दुई सय ६ र हेभी इक्विमेन्ट पाँच सय ४५ दर्ता भएका छन् । यस्तै कार,जिप,भ्यान एक हजार आठ सय ४२, पिकअप आठ सय , ट्रक्याटर तथा पावर टेलर पाँच सय दुई दर्ता भएका छन् । माइक्रो ४६ र अन्य सवारी २४ वटा दर्ता भएको विभागले जनाएको छ ।

प्रदेश ५ मा गत आवमा एक लाख ८० सवारी दर्ता भएका छन् । यो प्रदेशमा सबैभन्दा धेरै ८१ हजार  तीन सय ६७ मोटरसाइकल दर्ता भएका छन् । बस ६ सय ७४, मिनिबस÷मिनिट्रक एक सय २४ र हेभी इक्विमेन्ट दुई हजार एक सय २० दर्ता भएका छन् । यस्तै कार,जिप,भ्यान एक हजार सात सय ४२, पिकअप दुई हजार नौ सय ६१, ट्रक्याटर तथा पावर टेलर तीन हजार पाँच सय तीन दर्ता भएका छन् । माइक्रो एक सय ४७ र अन्य सवारी ४३ वटा दर्ता भएको विभागले जनाएको छ ।

प्रदेश ७ मा गत आवमा १५ हजार चार सय २५ सवारी दर्ता भएका छन् । यो प्रदेशमा सबैभन्दा धेरै ११ हजार  ६ सय २० मोटरसाइकल दर्ता भएका छन् । बस ८७, मिनिबस÷मिनिट्रक ६२ र हेभी इक्विमेन्ट चार सय १६ दर्ता भएका छन् । यस्तै कार,जिप,भ्यान दुई सय ८८, पिकअप एक सय ४७, ट्रक्याटर तथा पावर टेलर एक हजार आठ सय नौ दर्ता भएका छन् । टेम्पो पाँच सय ६९, माइक्रो १५ र अन्य सवारी ३८ वटा दर्ता भएको विभागले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved