७ दिनभित्र तरलता व्यबस्थापनको योजना बुझाउन राष्ट्र बैंकलाई अर्थ समितिको निर्देशन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 21, 2018 | 02:47:16 PM मा प्रकाशित

laxmi  sunrise bank

संसदको अर्थ समितिले नेपाल राष्ट्र बैंकलाई ७ दिन भित्र तरलता व्यबस्थापन सम्बन्धि योजना बुझाउन निर्देशन दिएको छ   मंगलबार बसेको समितिको बैठकले बैंक तथा वित्तीय संस्थामा  तरलता अभावको समस्या समधान गर्न राष्ट्र राष्ट्र बैंकले बनाएको योजना माग गर्ने निर्णय गरेको हो । 

साथै समितले बैंकहरुले ऋणमा लिने र बचतमा दिने ब्याजदरको अधिकतम सीमा पनि समितिमा बुझाउन निर्देशन दिएको छ । त्यस्तै सबै स्थानीय तहमा बैंक र्पुयाउने राष्ट्र बैंकको योजनाको प्रगति पनि समतिले माग गरेको छ । 

बैठकले बैंक तथा वित्तीय संस्थाको आँकडा, बैंकहरुबाट भएको लगानीको क्षेत्रगत अवस्था, निक्षेप र कर्जाको स्थिति, नाफाको विवरण, कर्जा र निक्षेपको औसत अवधि, मर्जरको प्रभाव र दीर्धकालीन पूँजीको विवरण तथा संघ, प्रदेश र स्थानीय तहहरुमा बैंक तथा वित्तीय संस्थाको अवस्था बारेको तथ्याङ्क समेत माग गरेको माग गरेको छ ।

बैठकमा उपस्थित भएका राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपालसंग समितिले यी योजनापेश गर्न ७ दिनको समयसीमा दिएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved