विदेश जानेको संख्या घटेपनि बढ्यो रेमिटेन्स, एकै बर्ष भित्रियो ७ खर्ब ५५ अर्ब

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 21, 2018 | 05:22:46 PM मा प्रकाशित

laxmi  sunrise bank

विदेश जाने नेपाली कामदारको संख्या घटेपनि रेमिटेन्स भने बढेको छ । गत आर्थिक बर्षमा विदेश जाने कामदारको संख्या १०.१ प्रतिशतले घटेको भएपनि रेमिटेन्स भने  ८.६ प्रतिशतले बढेको हो । 

राष्ट बैंकको तथ्यांक अनुसार समीक्षा वर्षमा विप्रेषण आप्रवाह ८.६ प्रतिशतले वृद्धि भई ७५५ अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ४.६ प्रतिशतले वृद्धि भएको थियो । अघिल्लो वर्ष २६.३ प्रतिशत रहेको विप्रेषण आप्रवाहको कुल गार्हस्थ उत्पादनसँगको अनुपात समीक्षा वर्षमा २५.१ प्रतिशत रहेको छ । समीक्षा अवधिमा खुद ट्रान्सफर आप्रवाह १.५ प्रतिशतले बढी रु.८६४ अर्ब ६७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९.५ प्रतिशतले बढेको थियो ।

श्रम स्वीकृति (पुनः श्रमस्वीकृति बाहेक)का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या आर्थिक वर्ष २०७४÷७५ मा अघिल्लो वर्षको तुलनामा १०.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.७ प्रतिशतले घटेको थियो । समीक्षा वर्षमा मलेसिया, संयुक्त अरब ईमिरेट्स, कुवेत लगायतका देशमा जाने कामदारको संख्यामा वृद्धि भएको छ भने साउदी अरेविया, कतार लगायतका देशमा जाने कामदारको संख्यामा गिरावट आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved