‘भिजिट नेपाल २०२०’मा नीजी क्षेत्रको सक्रियता, जनवरीमा ‘बुद्धिष्ट टुरिजम एक्स्पो’

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 30, 2018 | 12:10:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकारले ‘भिजिट नेपाल २०२०’ को तयारी गरिहँदा नीजी क्षेत्रले पनि आफ्नो तयारीलाई तीव्रता दिएका छन् । नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल (नाट्टा) ले आगामी जनवरीमा ‘बुद्धिष्ट टुरिजम एक्स्पो’ आयोजना गर्ने भएको छ । पर्यटन मन्त्रालयकै कार्यक्रम भित्र परेपनि नेपाल पर्यटन बोर्ड र नीजी क्षेत्रसँगकको सहकार्यमा नाट्टाले यो एक्स्पो आयोजना गर्न लागेको हो । 

नाट्टाका अध्यक्ष सिएन पाण्डेका अनुसार सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेको अवस्थामा त्यतिबेलासम्म नेपालमा वार्षिक २० लाख पर्यटक भित्र्याउन सहयोग पुर्याउने उदेश्यले एक्स्पो आयोजना गर्न लागिएको जानकारी दिए । “सरकारले २०२० लाई पर्यटन वर्ष घोषणा गरेको छ, त्यसलाई सफल बनाउने हामी सबैको दायित्व हो , सफल बनाउन नै ‘बुद्धिष्ट टुरिजम एक्स्पो’ आयोजना गर्न लागिएको हो” उनले भने ।

भिजिट नेपाललाई सफलतापूर्वक सम्मन गर्न सरकारले खासै काम गरेको नदेखिए पनि नीजी क्षेत्र भने सलबलाउन थालेको छ । भिजिट नेपाललाई सफल बनाउने उदेश्य सबै नेपालीको रहेको भन्दै नाट्टाले त्यस अगावै सन् २०१९ को जनवरीमा ‘बुद्धिष्ट टुरिजम एक्स्पो’ आयोजना गर्ने जनाएको छ । नाट्टाले जनवरीमा एक्स्पो गर्ने भएपनि मिति भने तय गरिसकेको छैन । एक्स्पोको मिति आगामी हप्ता तय गरिने नाट्टाले जनाएको छ । 

तर सरकार भने नीजीक्षेत्रसँग सहकार्य गर्न नचाहेको जस्तो व्यवहार गरिहेको छ । यस अघि पनि विजपाटीले भिजिट नेपाल २०२० सफल पार्ने जिम्मा कसको ?, सरकार र नीजीक्षेत्रबीच ध्रुविकरणको संकेत, कसरी सफल होला भिजिट नेपाल २०२० शीर्षकमा समाचार प्रकाशित गरिसकेको छ । 

एयरलाइन्स कम्पनी र नाट्टाबीच छलफल 

नेपालबाट अन्तराष्ट्रिय उडान गर्ने एअरलाईन्स र नाट्टाबीच छलफल भएको छ । छलफलमा एयरलाइन्स र ट्राभल एण्ड ट्रेडले भोग्नुपरेका समस्या समाधन गर्न संयुक्त कार्यादल बनाएर अगाडि बढ्ने सहमति भएको छ । 

संयुक्त कार्यदलले समस्या समाधानका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, अध्यागमन विभाग, नागरिक उड्डयान प्राधिकरण लगायत सरोकारवाला संस्थासँग छलफल गर्ने भएको छ । 

विमानस्थल अवतरण शुल्कमा छुट दिनुपर्ने, एयरलाइन्सले विदेशबाट तेल हालेर आउने भएकाले स्वदेशमै सस्तो दरमा तेल उपलब्ध गराउन पहल गर्नुुपर्ने विषयमा समेत छलफल भएको छ । 

नाट्टाका अध्यक्ष सिएन पाण्डे सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेकोले त्यसलाई सफल बनाउन सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउन सरकारले एअरलाईन्स र नीजीक्षेत्रसँग सहकार्य गर्नुपर्ने बताउँछन् । 

पाण्डेको यो भनाईबाट पनि सरकार नीजीक्षेत्रसँग सहकार्य नगरी एकलौटी बढेको पुष्टि हुन्छ । नेपालको पर्यटन विकासको सबै भार धानेको नीजीक्षेत्रसँग सहकार्य नगरी सरकार एक्लैले भिजिट नेपाल सफल गर्न सक्दैन । 

यसको लागी अन्तराष्ट्रिय स्तरमा व्यापक प्रचार गरिनुपर्छ । पर्यटन क्षेत्र भनेको प्रचार प्रसारमा चल्ने उद्योग हो । यसको लागी सरकारी तवरबाट बेलैमा सोच्नुपर्ने हुन्छ । भिजिट नेपाल दिनदिनै नजिकिँदै छ, कार्यक्रम नजिकिँदै जाँदा हतारमा गरिने तयारी फितलो हुन्छ । त्यसैले सरकार र पर्यटन मन्त्रालयले बेलैमा नीजीक्षेत्रसँग छलफल गरी जिम्मेवारी बाडफाड गर्नुपर्छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved