लगानी कोषको कामू निर्देशकको जिम्मेवारी अर्याललाई, अध्यक्ष र बिज्ञ संचालकको नियुक्ति कहिले ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 30, 2018 | 06:33:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोषको कायम मुकायम कार्यकारी निर्देशकको जिम्मेवारी सुशीलकुमार अर्याललाई दिइएको छ। कोष सञ्चालक समितिको बुधबारको बैठकले अर्याललाई उक्त जिम्मेवारी दिएको हो । 

नेपाल व्यवस्थापन सङ्घ (म्यान) को महासचिव भएर लामो समय काम गरेका अर्याल यसअघि कोषकै मुख्य व्यवस्थापक पदमा कार्यरत थिए। अर्याल वाणिज्य शास्त्रमा स्नाकोत्तर तथा कानूनमा स्नातक हुन।

अर्थमन्त्रालयका सचिबहरुको मिलोमतोमा कोष संचालक समितिलाई छलेर कोषको खरिद नियमावली २०६८ र आर्थिक कार्यविधि २०६८ संसोधन गरको र कोषको हिसाब मिलान गराउने तथा समयमै लेखा परिक्षण गराउन नसकेकाले अर्थमन्त्रालयले कोषका तत्कालिन कार्यकारी प्रमुख रामकृष्ण पोख्रेललाई स्पष्टिकरण सोधेको थियो। 

महाश्रम शर्माले अध्यक्ष पदबाट राजिनामा दिए लगत्तै पोखरेलले समेत प्रमुख कार्यकारी पदबाट राजिनामा दिएका दिए। पोखरेलले राजिनामा दिएपछि रिक्त स्थानमा कोष संचालक समितिको बैठकले अर्याललाई कायम मुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो। 

कोषमा ४ महिनादेखि रिक्त रहेको २ जना बिज्ञ संचालक मध्ये एक जनामा अर्थमन्त्री ड़ा युबराज खतिवडाको छोरी ज्वाईलाई करिब १ महिना अगाडी नियुक्त गरीएपनि अर्को एक जनाको नियुक्ति अझै हुन सकेको छैन। पछिल्लो समय अर्थमन्त्रालयको हस्तक्षेप बढेपछी कोषको कामकारबाही प्रभावित भएको छ।  

अप्ठ्यारो मोडमा नागरिक लगानी कोष, अर्थमन्त्री खतिवडाका कारण जोखिममा करोडौंको व्यवसाय

किन दिए नागरिक लगानी कोषका अध्यक्षले राजीनामा ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved