‘भिजिट नेपाल २०२०’ को तयारी : अन्तराष्ट्रिय मिडिया र टुर अप्रेटरलाई नेपाल भ्रमण गराईदै

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 31, 2018 | 01:46:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पर्यटन बोर्डले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने उद्देश्यसहित १ हजार अन्तराष्ट्रिय मिडिया तथा टुर अपरेटरहरुलाई नेपाल भ्रमण गराउने तयारी गरेको छ । पर्यटकको संख्या प्रवद्र्धन गर्न विदेशस्थित नेपाली कुटनैतिक नियोग, गैर आवासीय नेपाली संघ, नेपाल मैत्री अन्तराष्ट्रिय संघ संस्थासँग सहकार्य गर्ने बोर्डका सिइओ दीपकराज जोसीले जानकारी दिए । 

बोर्डले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गरी २० वटा लाइफ टाइम एक्सपेरियन्स प्याकेज तयार गर्ने भएको छ । निजी क्षेत्रसँग सहकार्य गरी प्याकेजको प्रचार गर्नेे बोर्डको तयारी छ । 

यसका साथै नेपाल भ्रमण वर्षको सन्देशसहितको लोगो र नेपालको प्रवर्धनात्मक वेभसाइटलाई विभिन्न ६ भाषामा अनुवाद गरि प्रचार प्रसार गर्ने बोर्डले बनाएको छ । सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । 

हाल सम्मकै सबैभन्दा धेरै ९ लाख ४० हजार पर्यटक अघिल्लो वर्ष नेपाल भित्रिएका थिए । सन् २०१७ मा १० लाख पर्यटक नेपाल ल्याउने सरकारको लक्ष्य थियो । तर विभिन्न कारणले गर्दा सफल हुन सकेन । 

यसवर्ष भने हालसम्म ७ लाखभन्दा धेरै पर्यटक नेपाल आईसकेको अनुमान गरिएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved