नेपालको घ्यू विकाउन भारतीय पतञ्जलीको मूल्य ६० प्रतिशत बढाईयो

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 06, 2018 | 02:29:38 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय कम्पनी पतन्जलीले उत्पादन गरेको घ्यूको मूल्य नेपालमा बढेको छ । स्वदेशी घ्यूको बजारलाई फराकिलो बनाउन भन्दै भारतबाट आयातित घ्यूको मूल्य बढाइएको हो । 

कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालको पहलमा अर्थमन्त्रालयले बाबा रामदेवले सञ्चालन गरेको पतन्जली र अमुल डेरीले उत्पादन गरेको घ्यूको मुल्य बढाएको हो । अब पतञ्जली र अमूलबाट उत्पादित घ्यूको मूल्य २५० भारुबाट बढाएर ४०० भारु पुर्याइएको छ । एकैपटक ६० प्रतिशत मूल्य बढेपछि नेपाली घ्यू बजार नपाएर थन्किनु नपर्ने विश्वास लिईएको छ । 

अब नेपाली बजारमा भारतीय घ्यूको मूल्य ६४० रुपैयाँ र त्यसमा ३० प्रतिशत भन्सार महसुल, १३ प्रतिकर भ्याट गरी प्रतिलिटर घ्यूको मूल्य ९४० रुपैयाँ कायम भएको छ । दुग्ध विकास संस्थानले प्रति लिटर ८५० रुपैयाँमा बेचिरहेको छ । 

नेपाली घ्यूभन्दा भारतीय घ्यू महंगो भएपछि प्रतिस्पर्धा गर्न सजिलो हुने नेपाल डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारीले बताए । उनका अनुसार भारतीय घ्यूको मुल्य बढेपछि नेपाली किसानले राहत पाएका छन् । नेपाल दुग्ध संस्थानका अनुसार गएको साउनमा मात्रै भैरहवा नाकाबाट २० हजार लिटर पतञ्जलीको घ्यू नेपाल भित्रेको छ । 

नेपाली बजारमा धेरै पाईने पतन्जलीको घ्यू अखाद्य रहेको विषय निकै चर्चामा आएपनि कुनै कारबाही भएको छैन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि बाहरि पतन्जलीको विषयमा गुनासो आएपनि अनुगमन गर्दा त्यस्तौ कुनै खराबी नभेटिएको जनाएको छ । 

नेपालले भारतीय पाउडर दूध पनि आयातमा प्रतिबन्ध लगाएको छ । स्थायी प्रतिबन्ध नभएपनि केही समयको लागी प्रतिबन्ध लगाईएको मन्त्रालयलृ जनाएको छ । डीडीसी र डेरी उद्योगहरुले भारतीय पाउडर दुधलाई अझै केही समय प्रतिबन्ध लगाउन र आइसक्रिममा भन्सार दर बढाउन माग गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved