नेपाललाई तिर्नुपर्ने ७ करोड बक्यौता नतिरी भाग्यो ‘एयर एसिया’

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 09, 2018 | 04:38:16 PM मा प्रकाशित

laxmi  sunrise bank

मलेसियाको हवाई कम्पनी ‘एयर एसिया’ले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने उडान बन्द गर्ने भएको छ । ‘एयर एसिया’ले त्रिभुवन विमानस्थलबाट अक्टोबर १ अर्थात् असोज १५ देखि उडान बन्द गर्ने निर्ण गरेको हो । 

‘एयर एसिया’ले विमानस्थल प्रयोग गरेवापत तिर्नुपर्ने पर्यटन शुल्क बापतको बक्यौता रकम नै नतिरी उडान बन्द गर्ने निर्ण गरेको हो । एयर एसियाले नेपाल पर्यटन बोर्डलाई ७ करोड २३ लाख रुपैयाँ बढी बक्यौता तिर्न बाँकी छ । एयर एसियाको नेपाल प्रतिनिधिलाई पर्यटन बोर्डले यसबारेमा पटक पटक भनेपनि दुई वर्ष अघिको शुल्क बापतको रकम अझै भुक्तानी गरेको छैन । 

अन्तराष्ट्रिय उडान भर्ने हवाई कम्पनीले नेपालबाट विदेश जाने विदेशी नागरिकसँग टिकट काट्दा नै पर्यटन शुल्कबापत १ हजार रुपैयाँ लिने गर्छ । यसरी लिइएको रकम बिल पाएको १५ दिन भित्र भुक्तानी गर्नुपर्ने व्यवस्था छ । तर, एयर एसियाले पर्यटन शूल्कबापत संकलन गरेको ७ करोड २३ लाख ८७ हजार १ सय ७६ रुपैयाँ अझै दाखिला नगरेको पर्यटन बोर्डले जनाएको छ । शुल्क बुझाउन बारम्बार चिठि पठाएपनि कहिल्यै ५ लाख, कहिल्यै १० लाख मात्रै तिर्दै आउको छ । एयर एसियासँग व्याज र जरिवानासहितको रकम असुल गर्नु पर्ने बोर्डले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved