अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दूर्घटनाको जिम्मा पर्यटनमन्त्री रबिन्द्र अधिकारीले लिनुपर्ने आवाज उठेको छ। बीमान चालक र मौसमलाई देखाएर आफ्नो गल्तीबाट उम्कन सम्भव नभएको बताउदै हेलिकप्टर दुर्घटनाको जिम्मा मन्त्री अधिकारिले लिनुपर्ने युवा प्रर्वद्धक एवम् पब्लिक ईनोभेटर ई. दिपेन्द्र कंडेलले बताए।
विमानस्थलमा देखिएको प्राविधिक समस्यादेखि लिएर प्राधिकरणलाई सुधार गर्ने उद्देश्यसहित समाधानका उपाय समेटेर बुझाएको ज्ञापनपत्रको बेवास्ता गरेको आरोप लगाउदै कंडेलले मन्त्री अधिकारिको कार्यशैली प्रति नै असन्तुष्टि जनाए। उनले भदौ ४ गते मन्त्री अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए।
मन्त्री अधिकारीले आफूले दिएको सुझावका सम्बन्धमा खासै चासो नदेखाएपछि कंडेलले रुष्ट बन्दै आईकाओलगायत सम्बन्धित विभन्नि निकायसँग प्राधिकरण सुधारको बारेमा आफै छलफल गर्दै आईरहेका छन् ।
भदौ ४ गतेपछि लगातार २ वटा विमान दुर्घटना भएको र दुर्घटनामा पाइलट सहित ६ यात्रुको मृत्यु भएको उल्लेख गर्दै उनले यसप्रति सरकार अविलम्ब गम्भिर बन्नुपर्ने धारणा राखेका छन् । उनले भने,‘सरकारले गम्भिरता देखाओस्, अझैपनि समय छ, प्राधिकरण सुधारको लागि म निरन्तर प्रयासरत छु, सम्बन्धित सबै निकायले सहजीकरण गर्ने हो भने हामी प्राधिकरणलाई सुधार गरेर देखाउन सक्छौं ।’
मन्त्री अधिकारिले विमानस्थलमा हुने दुर्घट्नाबारे सुधारका कुनै सकारात्मक पहलकदमी नचालिएपछि आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँगपनि भेटको लागि प्रधानमन्त्री कार्यालयमा सम्पर्क गरेको कंडेलले बताए।
उनले भने,‘अहिले मैले प्रधानमन्त्रीज्यूसँग भेटको लागि समय मागेको छु, यदि उहाँले मलाई भेटको लागि अवसर दिनुभयो भने म उहाँसँग प्राधिकरण सुधारको लागि खाका विस्तृत रुपमा प्रस्तुत गर्छु, तर, उहाँ पनि गम्भिर हुनुभएन भने नेपालको आकाशमा नेपाली मात्र नभएर विदेशीपनी उढ्ने भएकोले भोलि यो मुद्दा अन्तर्रा्ष्ट्रियस्तरमा पनि उठाउँछु ।’
आफूले मन्त्री अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा नेपालको हवाई क्षेत्रमा खतरायुक्त धावनमार्ग, अत्याधुनिक प्रविधि नभएको, हवाई क्षेत्रबारे अन्तर्रा्ष्ट्रियस्तरमा खराब उपस्थिति रहेको, विमान दुर्घट्ना लगायतका घट्नामा पर्याप्त अनुशन्धान नभएको, विगतमा घटित घट्नाबाट पाठ नसिकिएको र चालक र एयरपोर्ट ट्राफिक कन्ट्रोलरबीच पर्याप्त सञ्चार आदान–प्रदानमा त्रुटी भएको जस्ता कुरा समेटेको कंडेलले जानकारी दिए ।
ई. कंडेलले नेपालमा भएका प्रायः हवाई दुर्घट्नामा मौसम र विमान चालकलाई दोष दिने प्रचलन व्याप्त रहेकोप्रति तिब्र असन्तुष्टि जनाए। ‘समस्या एकातिर छ, तर नेपालमा विमान दुर्घट्ना भयो कि, कि त मौसमको कारण देखाईन्छ, कि त विमान चालकको लापरवाही भनिन्छ, यो गैरजिम्मेवारीपूर्ण तर्क हो , यसमा कुनै दम छैन, यस्ता प्राविधिक र वैज्ञानिक विषयवस्तुमा नेपाल सरकारका जिम्मेवार निकायका पदाधिकारीले यस्तो गैर–जिम्मेवारीपूर्ण कार्य गर्नु गलत हो' उनले भने । नेपाल सरकारका सम्बन्धित पदाधिकारीले यसरी घट्नामा आफू मुछिने डरले गलत र अवैज्ञानिक कारण देखाउदै आएको आरोप लाग्दै आएको छ।