सलाम एयरद्धारा काठमाडौं–मस्कट उडान सुरु, जीएसए व्यवस्थापनमा आइएमर्ई ग्रुप

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 12, 2018 | 09:51:28 AM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई ग्रुपले सलाम एयरलाइन्सको सेवालाई नेपाल भित्राएको छ । मङ्गलबार सलाम एयरको पहिलो उडान अवतरण भएसँगै काठमाडौं–मस्कट नियमित उडान भर्नेछ । यस एयरलाइन्सको जीएसए (जनरल सेल्स ऐजेन्ट) व्यवस्थापन आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई इन्टरनेशनल ट्राभल प्रा.लि. ले गर्नेछ ।

ओमानको पहिलो बजेट क्यारियरको रुपमा सन् २०१६ मा स्थापना भई ३० जनवरी २०१७ देखि व्यवसायिक यात्रा सुरु गरेको सलाम एयरलाइन्सले मस्कटलाई आफ्नो हब बनाई १७४ सिट क्षमता रहेको एयरबस ३२०÷२१४ द्धारा हालसम्म ढाका, बाकु, टिवलिस, दोहा, दुवई, सिलकोट, मुल्तान, कराँची, खार्तुम, जेद्दा लगायत १३ वटा  बाह्य र सलाल र सुहार गरि २ वटा आन्तरिक उडान भर्दै आएको छ । अब काठमाडौं थपगरि १६ वटा गन्तव्यमा हवाइ सेवा विस्तार गरेको छ 

कुनै पनि गन्तव्यमा एक वर्षभित्र १० पटक यात्रा गरेको बोर्डिङ्गपास सम्बन्धित कार्यालयको टिकट काउन्टरमा बुझाएपछि एक टिकट निशुल्क प्राप्त गर्ने छन्  । सलाम एअरले टिकटकिन्दा १ वटा फ्रीदिने योजना लागु गरेको छ । चन्द्रागिरि हिल्सले सलाम एयरको पहिलो उडानबाट नेपाल आउने यात्रुहरुलाई ५० प्रतिशत र तत्पश्चात सलाम एयरबाट यात्रा गर्नेलाई २५ प्रतिशत छुटको व्यवस्था गरेको छ । यस एयरलाएन्सले नेपाल नागरिक उडड्यान प्राधिकरणले दिएको समय तालिका अनुसार काठमाडौंका लागि विहान ८ः०० बजे अवतरण र ८ः४० मा उडान भर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved