असोज १२ देखि ४७ सुपथ मूल्यका पसल, अब घरमै आइपुग्छ सामान

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 13, 2018 | 02:16:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी असोज १२ गतेदेखि काठमाडौं उपत्यकासहित मुख्य शहरमासुपथ मूल्यको पसल सञ्चालनमा ल्याउने भएको छ । दशैं तिहार र छठ पर्वलाई लक्षित गरी देशभर ४७ वटा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने तयारी भएको आपूर्ति मन्त्रालयले जनाएको छ । सुपथ मूल्य पसल कात्तिक २७ गतेसम्म चल्नेछन् । 

दशैं तथा तिहारमा उपभोक्तालाई ठगिनबाट बचाउन र बजार भाउमा एकरुपता कायम गर्न सुपथ मूल्यका पसल सञ्चालन गर्न लागिएको आपूर्ति मनत्रालयका प्रवक्ता नवराज ढकालले बताए । पसलमा साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङ, खाद्य संस्थान र दुग्ध विकास संस्थानले सस्तो उपभोग्य सामान उपलब्ध गराउने छन् ।

कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, भक्तपुर, ललितपुरमा तीनवटै संस्थानले एकीकृत पसल चलाउने तयारी छ । यी पसलमा मोटा चामलमा प्रतिकिलो ५ रुपैयाँ, चिनीमा ५, बास्मतीमा १०, खसीबोका च्यांग्रामा १०, नुनमा २, डिडिसी घ्युमा ५० र पनिरमा प्रतिकिलो १० रुपैयाा छुट दिने निर्णय भएको छ । 

खाद्य संस्थानले सिंहदरबारमा एकीकृत र ७ प्रदेशमा थप ११ वटा सुपथ मूल्यका पसल खोल्नेछ । यस्तै साल्ट ट्रेडिङले काठमाडौंमा ९ वटा आफ्नै डिपोहरुमा पसल चलाउनेछ भने उपत्यकाबाहिर २२ वटा डिपो र घुम्ती पसल गरेर ३६ वटा सुपथ मूल्यका पसल चलाउने छ । उपत्यकामा ३ वटा मोवाइल भ्यानबाट पनि घर दैलोमा सामान पुर्याउने व्यवस्था मिलाइएको छ । 

त्यसैगरी उपत्यकाबाहिर कृष्णनगर, सुर्खेत, नेपालगंज, टिकापुर, धनगढी, महेन्द्रनगर, दिपायल, डडेल्धुरा, बेलौरी, त्रिशुली, बैतडी, हटौंडा, पोखरा, अछाम, बाजुरा, बझाङ, विर्तामोड, विराटनगर, राजविराज, लाहान, जनकपुर, वीरगञ्ज, बाग्लुंग र भैरहवामा पनि सुपथ मूल्यका पसल सञ्चालन हुने छन् ।

यस्ता पसलमा सरकारी संस्थानले खाद्यान्न तथा उपभोग्य समानमा विभिन्न छुटहरु दिनेछन् । दाल, चामल, चिनी, मैदा, सुजी, दाल र सोयाविन तेलमा छुट दिइने छ । दुग्ध विकास संस्थानले घीउमा छुट दिनेछ । खाद्य संस्थानले चामल, गहुँ र गेडागुडीमा छुट दिनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved